जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङ गाउँपालिकाको शान्तिपुरमा व्यवसायी कफी खेती

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकाको शान्तिपुरमा व्यवसायी कफी खेती

जीवन शर्मा: कफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो।सामान्यतया कफीको बोट १० मिटर सम्म अग्लो हुन सक्छ तर यसलाई काटेर छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेती दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थतन्त्रमा यसको ठुलो महत्व रहन्छ । कफि पेट्रोलियम पदार्थ जतिकै कारोबार हुने बाली हो । नेपाल मा सन १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएर रोपेको ईतिहास पाइन्छ । उनले उक्त कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ ।
इलाम जिल्लाको रोङ गाउँपालिकामा पनि हाल व्यवसायिक रुपमा कफि खेती गर्न थालिएको छ । वार्ड न १ साबिक शान्तिपूरमा कफि खेती बढी रहेको छ । स्थानीय कफि किसान तथा कफि बिज्ञ तिलक कोइरालाका अनुसार कफि खेती समुद्री सतहबाट ८ सय मिटर भन्दा उचाइमा उत्पादन गरिने मात्र गुणस्तरीय हुने हुदा शान्तिपुरका पदामटार ,धनसार ,मङ्गलटार ,बरफ्ल्याङ, दुधे क्षेत्र कफि खेतिलाई त्यति प्राथमिक दिइएको छैन । कफि किसान कोइरालाका अनुसार शान्तिपुर क्षेत्रमा अरबिका र रोयस्ता गरि दुई जातका कफि लगाइएको छ । अरबिका चाहिँ लेक औल दुवै ठाउमा उत्पादन गगर्न सकिन्छ ।
हाल शान्तिपुरका ५०५ किसानले कफि उत्पादन गर्दै आइरहेका छन । उक्त क्षेत्रमा बिधिवत रुपमा २०७६ देखि कफि खेती शुरु भयो । कोइरालाका अनुसार शान्तिपुर क्षेत्रमा दुई वटा कफी फार्म पनि संचालनमा रहेका छन ।
कफि सामान्यतया रोपिएको ३ वर्ष देखि फल्न थाल्छन् । कफि खरिद बिक्री समेत गर्दै आएका स्थानीय कफि किसान तिलक कोइरालाका अनुसार कच्चा कफि ९बोक्रा सहितको कफिको दाना० प्रती केजी ७० देखि ८० रुपैयाँमा किनबेच हुँदै गरेको छ । प्रशोधन गरिएको कफि चाहिँ ५५० देखि ६०० रुपैयाँमा किनबेच भइरहेको छ । उनका अनुसार समुद्री सतहबाट ७०० मिटर बन्दा मुनि उत्पादन भएको कफि बिक्री हुदैन । तसर्थ ती क्षेत्रमा कफी उत्पादन भए पनि बिक्रीमा समस्या रहेको बताउछन । कफीमा पनि पहेलो जातको कफीलाई राम्रो मानिन्छ । एक केजी प्रशोधन गरिएको कफी बनिन ५ केजी कच्चा कफि चाहिन्छ ।
रोङले कफि खेतीलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैले कफीसङ्ग सम्बन्धि विभिन्न तालिमहरु कफी किसानलाई दिदै आएको छ । कफी बजारलाई सहजीकरण गर्दै आएको देखिन्छ । किसानहरुलाई अनुदानमा पल्पिङ मेसिन ९ प्रसोधन मेसिन० उपलब्ध गराएको छ ।
कफी किसानका अनुसार कफी खुल्ला ठाउमा फस्टाउन सक्दैन । यसलाई अनिवार्य छहारी चाहिन्छ । छहारीमा नरिवल सुपारी अन्य फलहरु एभोकाडो रुद्राक्ष लिची आदि लगाउन सकिन्छ । अन्यथा कफि पहेँलो भएर सुक्दै जान्छ । कफी सामान्यतया ६ र ६ फिट्को अब्तर अथवा८र८ फिटको अन्तरमा लगाउन सकिन्छ । कफीको बिरुवा आफै उत्पान गर्न सकिने भए पनि शान्तिपुर क्षेत्रमा बिरुवा उत्पादन गर्न मिल्ने कफिका बोट नरहेको बताइन्छ । कफीको बिरुवा उत्पादन गर्दा १० वर्षको भन्दा माथिका बिरुवाबाट फलेको दानाबाट गर्न सके मात्रै कफी गुणस्तरीय मानिन्छ । तर शान्तिपुर क्षेत्रमा ५ वर्षको भन्दा माथिको बिरुवा छैनन । त्यसै बिरुवा उत्पादनमा समस्या रहेको देखिन्छ । कफी खेती अन्य बिरुवासङ्ग रुचाउने बाली हो । तर कफीको दानालाई धीऐ कुराबाट जोगाउनु पर्ने हुन्छ । यसरी लगाइएको कफी खेतीको बिचमा अदुवा अलैंची बेसार सगरखन्द पिँडालु आदि पनि लगाउन सकिन्छ ।
कफी खेतीबाट बाच्न सकिने शान्तिपुरका किसानहरु बताउछन । सजिलो खेती र राम्रै मुल्यमा बिक्री हुनेहुदा आफ्नो बाझो बारीलाई सदिपयोग गर्न सके रोजगारको लागि बिदेश जानू नपर्ने शान्तिपुरका किसान् बताउछन । यता अगुवा कफी किसान तिलक कोइराला शान्तिपुर क्षेत्रमा कफी फ्याक्ट्रीको आवश्यकता रहेको बताउछन । उनी शान्तिपुरलाई कफी पकड क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताउछन् । युरोपमा चिया भन्दा कफीको बजार धेरै नै राम्रो रहेको हुदा कफी किसानलाई प्रोत्साहन गर्नुपर्ने बताउछन । एउटा कफीको बिरुवा ३५ देखि ४५ रुपैयाँ पर्ने हुदा शुरु मै किसानको लगानी बढी हुने देखिन्छ । त्तसैले उनी कफीको बिरुवा सुलभ मुल्यमा किसानलाई उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको उनी बताउछन ।
नेपालमा ३२ जिल्लामा व्यावसायिक कफी खेती हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ। विभागले गरेको ‘नेपालमा व्यावसायिक कफी खेती सर्वेक्षण, २०७५र०७६’ मा ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यवसायिक कफी खेती मानिएको छ।
ती जिल्लामा ६ हजार ३ सय ४६ कृषक, व्यवसायीले ९ सय ७३ हेक्टर जमिनमा कफी खेती गर्दै आएका छन्। त्यसबाट वार्षिक १५ सय ७३ मेट्रिक टन कफी उत्पादन भएको सर्वेक्षणले देखाएको छ। सर्वेक्षण अनुसार प्रदेश १, ३, ५ र गण्डकीमा कफीको व्यावसायिक खेती हुँदै आएको छ। ती मध्ये प्रदेश ३ मा सबैभन्दा बढी वार्षिक ७ सय ५७ मेट्रिक टन कफी उत्पादन भएको छ। प्रदेश १ मा सबैभन्दा कम वार्षिक १ सय ३ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। सर्वेक्षण अनुसार प्रदेश १ का १० जिल्लामा कफीको व्यावसायिक खेती हने गरेको छ। ती मध्ये सबै भन्दा बढी इलामका ४१।५ प्रतिशत र सबैभन्दा कम धनकुटा जिल्लाका १।८ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन्।
किसानलाई गुणस्तरीय कफी खेती गर्न प्राविधिक सेवा, सिँचाइको सुविधा, सहज तथा सहुलियतपूर्ण ऋण र मल, विउ पुर्याउने हो भने कफीको उत्पादन राम्रो भई अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।

TOP