जीवनशैली सूर्योदयको मुहार फेरेका रणबहादुर राई : जिल्लाको मुहार फेर्न संसद बन्ने दौडमा जीवनशैली फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न
Hamropalika menu advertisement

सूर्योदयको मुहार फेरेका रणबहादुर राई : जिल्लाको मुहार फेर्न संसद बन्ने दौडमा

  • प्रकाशित मितिः March 2, 2026
  • हाम्रो पालिका
सूर्योदयको मुहार फेरेका रणबहादुर राई : जिल्लाको मुहार फेर्न संसद बन्ने दौडमा

इलाम: स्थानीय तहको नेतृत्वमा रहँदा विकास र सुशासनका कार्यक्रममार्फत पहिचान बनाएका रणबहादुर राई अहिले प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् । उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्मा उम्मेदवार बनेका छन् ।

उनले आफूले नेतृत्व गरेको इलामको सूर्योदय नगरपालिकाको मुहार फेरेझैँ अब समग्र जिल्लाको मुहार फेर्न आफू संसदमा पुग्न आवश्यक रहेको दाबी गरेका छन् ।राईले मेयरको रूपमा कार्यभार सम्हालेपछि पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र सामाजिक सेवामा उल्लेख्य काम भएको छ । विशेषगरी सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, विद्यालय तथा स्वास्थ्य चौकी स्तरोन्नतिमा गरिएको लगानीले स्थानीयको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको उनको दाबी छ ।

राईले मेयर रहँदा बालबालिकाको आर्थिक सुरक्षाका लागि ‘बाल बचत’ कार्यक्रम सुरु गरेका थिए । उक्त कार्यक्रमले बालबालिकाको भविष्य सुरक्षामा सहयोग पुगेको दाबी गरिएको छ ।पूर्वाधारतर्फ उनले सबै वडालाई जोड्ने अलवेदर सडक निर्माण र कालोपत्रे विस्तारलाई प्राथमिकता दिएका थिए । दुर्गम बस्तीसमेत यातायात सञ्जालमा जोडिएपछि स्थानीयको आवतजावत र कृषिजन्य उत्पादन ढुवानीमा सहजता आएको छ ।

महिला सशक्तीकरणतर्फ ‘छोरी–बुहारीलाई शिक्षा’ अभियान सञ्चालन गरी उच्च शिक्षासम्म पहुँच विस्तार गर्ने नीति लिइएको थियो । यसले आर्थिक रूपमा कमजोर परिवारका छोरी–बुहारीलाई उच्च शिक्षा अध्ययन निरन्तरतामा टेवा पुगेको छ ।कृषि र पशुपालन क्षेत्रमा व्यापक अनुदान वितरण, आधुनिक प्रविधि विस्तार तथा किसान लक्षित कार्यक्रममार्फत उत्पादन वृद्धि गर्न सहयोग पुगेको थियो । इलामको पहिचानसँग जोडिएको चियाको न्यूनतम मूल्य निर्धारणमा नगरपालिकाले पहल गरेपछि किसानले उचित मूल्य पाउन थालेको दाबी गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा आधारभूत सेवामा पहुँच विस्तार, स्वास्थ्य चौकी स्तरोन्नति र विपन्न वर्गलाई सहज उपचार सुविधा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै, खानेपानी सुविधा विस्तार गरी धेरै बस्तीमा स्वच्छ पानीको पहुँच सुनिश्चित गरिएको दाबी छ ।विविध सेवाग्राहीलक्षित कार्यक्रम र उपलब्धिका आधारमा सूर्योदय नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको उल्लेख गर्दै राईले स्थानीय तहमा देखिएको परिणाम संघीय तहमा पनि दोहो¥याउने प्रतिबद्धता जनाएका छन् ।

‘सूर्योदयमा सम्भव भएको परिवर्तन जिल्लाभरि पनि सम्भव छ,’ राई भन्छन्, ‘नीति निर्माणको तहमा पुगेर स्रोत र अवसरलाई जनताको हितमा केन्द्रित गर्नेछु ।’राईका समर्थकहरू स्थानीय तहमा देखिएको कार्यशैली, बजेट कार्यान्वयनको क्षमता र जनतासँगको प्रत्यक्ष सम्वादलाई उनको बलियो पक्षका रूपमा प्रस्तुत गर्छन् । उनीहरूले ‘काम गर्ने नेतृत्वलाई अवसर’ दिनुपर्ने तर्क गर्दै यसपटक संघीय संसदमा पनि परिणाममुखी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

चुनावी प्रचारप्रसारको अन्तिम समयसम्म पनि राईले घरदैलो अभियानलाई तीव्र पारेका छन् । गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले विकासका अपूरा काम पूरा गर्ने प्रतिबद्धता दोहोर्याइरहेका छन् ।उनले ‘समृद्ध इलाम’ निर्माणको रणनीति सार्वजनिक गरी मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । राईले अलैँची, चिया, अदुवा, कुचो, सुपारी, कफी र किवीजस्ता नगदे बालीको व्यवसायीकरण, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै निर्यातमुखी नीति सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।निजी साझेदारी मोडेलमार्फत उद्योगमा नयाँ लगानी भित्र्याउने, कच्चा पदार्थ र विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गर्ने तथा उत्पादनलाई बजारीकरणमुखी बनाउने योजना अघि सारेका छन् । मासु तथा दूध उत्पादन वृद्धि, खोरेँतमुक्त क्षेत्र घोषणा र नस्ल सुधार कार्यक्रममार्फत पशुपालनलाई आधुनिक र व्यावसायिक बनाइने योजना रहेको छ ।

किवी र गाई जोनलाई ‘सुपर जोन’मा स्तरोन्नति गर्दै आलु विकास केन्द्रमार्फत वैज्ञानिक खेती प्रविधि भित्र्याइने उल्लेख छ । कृषि तथा पशु बिमालाई घरदैलोमै पु¥याउने, सुपारी खेतीलाई औपचारिक कृषि उपजमा सूचीकृत गराउने तथा भारतको क्वारेनटाइन सूचीमा नपरेका उपजहरू सूचीकरणका लागि पहल गरिने प्रतिविद्धतामा छ । विद्यालय तथा क्याम्पसहरूलाई डिजिटल ल्याब र अनुसन्धान केन्द्रमा रूपान्तरण गरिने तथा विद्यालय तहदेखि नै कोडिङ र आइटी शिक्षा लागू गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

इलामलाई कोसी प्रदेशकै ‘एजुकेसन हब’का रूपमा विकास गर्दै उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गरी देशभरका विद्यार्थी आकर्षित गर्ने लक्ष्य राखिएको छ । शिक्षालाई सीपमूलक र रोजगारमूलक बनाउन तीनै तहका सरकारबिच समन्वय गरी नीतिगत सुधार गरिने उल्लेख छ । अन्तरपालिका पर्यटन गुरुयोजना निर्माण गरी धार्मिक, सांस्कृतिक, शैक्षिक, कृषि तथा साहसिक पर्यटन सर्किट विकास गरिने राईले बताएका छन् । मदन भण्डारी राजमार्गलाई इलाम–१ को आर्थिक मेरुदण्डका रूपमा विकास गर्दै विभिन्न आर्थिक तथा शहरी केन्द्रसँग जोडिने तथा सुरक्षित र व्यवस्थित सहर निर्माण गरिने उल्लेख गरिएको छ । यसै गरी, क्षेत्र नं. १ का सडक सञ्जाललाई वर्गीकरण गरी अन्तरपालिका र अन्तर जिल्ला सडक स्तरोन्नति गरिने योजना छ ।

बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण पूर्वाधार निर्माण, भूमिहीन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधान तथा वैदेशिक रोजगारीबाट फर्केकाको सीप र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने योजना छ । आदिवासी, जनजाति तथा स्थानीय समुदायको भाषा, लिपि, कला र परम्परागत ज्ञान संरक्षण गर्दै सांस्कृतिक पर्यटनसँग जोड्ने योजना छ । हात्ती, बाँदर र बँदेलबाट हुने क्षति न्यूनीकरणका लागि वैज्ञानिक समाधान तथा उचित क्षतिपूर्ति व्यवस्था गरिने र बाढी, पहिरो तथा चुरे संरक्षणका लागि तटबन्ध निर्माण र विपद् बिमा कार्यक्रम सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ ।

यस्तै, ‘इलाम डिजिटल हब’ स्थापना गरी स्थानीय युवालाई गाउँमै बसेर आइटी तथा आउट सोर्सिङ मार्फत आम्दानी गर्ने वातावरण सिर्जना गरिने तथा तीन तहका सरकार, निजी क्षेत्र र सहकारीबिच समन्वय गरी दिगो विकास लक्ष्य हासिल गरिने राईले बताएका छन् । यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण, सबै नागरिकलाई राष्ट्रिय स्वास्थ्य बिमामा आबद्ध गराई ‘डिजिटल हेल्थ रेकर्ड’ प्रणाली लागू गर्ने योजना अघि सारेका छन् । अधुरा खानेपानी आयोजना सम्पन्न गरी प्रत्येक घरमा शुद्ध खानेपानी पु¥याउने तथा कृषि उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिसहित साना–ठुला सिँचाइ आयोजना निर्माण गरिने राईको योजना छ ।

इलाम १ मा उनका प्रतिष्पर्धाका रूपमा नेकपा एमालेबाट काजीमान कागते र नेपाली काँग्रेसका निष्कल राईसहित १३ जना चुनावी मैदानमा छन् ।स्थानीय तहमा देखिएको विकासको निरन्तरता संघीय तहसम्म पु¥याउने लक्ष्यसहित संसद दौडमा रहेका रणबहादुर राईलाई मतदाताले कसरी मूल्याङ्कन गर्छन्, त्यसले आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ ।राई २०७४ र २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयरमा निर्वाचित भएर ९ वर्षसम्म सूर्योदयको नेतृत्व सम्हालेका थिए ।

TOP