फिक्कल: लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सूर्योदय नगरपालिकामा १६ दिने नै कार्यक्रम गरी आज सम्पन्न भएको छ । मंसिर ९ गते देखि शुरु भएको कार्यक्रम १६ दिन १६ स्थानमा फरक फरक कार्यक्रम गरी समापन गरीएको हो ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको समन्वयमा , इलाका प्रहरी कार्यालय पशुपतिनगर, माईती नेपाल, सामी कार्यक्रम, महिला सिर्जना बहुउद्देश्य सहकारी संस्था, महिला सूर्योदय बहुउद्देश्य सहकारी संस्था लगायतको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । समापनको अवसरमा नगरपालिकाबाट निस्किएको ¥याली चोक बजार हुँदै फेनसोङ गुम्बा पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गाकुमार बरालको अध्यक्षता तथा जिल्ला समन्वय समिति उप प्रमुख चित्रकला बराइलीको बिषेश आथित्यतामा सम्पन्न कार्यक्रममा १६ दिन सम्म संचालन भएका कार्यक्रम बारे महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाले कार्यपत्र प्रस्तुत गर्दै कतिपय हिंसाका घटना कार्यक्रम अवधिमै मेलमिलाप गरीएको जानकारी दिनु भयो ।
कार्यक्रममा कार्यबहाक नगर प्रमुख बरालले लैङ्गिक हिंसा न्यस्निकरण गर्नका लागि सरोकारवाला सबै लाग्नु पर्ने बताउनु भयो । उहाले दिवसको अवसमा मात्र नभई बर्षै भरी अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भयो । जिल्ला समन्वय समितिका उप प्रमुख बराइलीले पुरुषको तुलनामा महिला अझै पनि हिंसामा परीरहेको बताउनु भयो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष जंगबहादुर गुरुङ, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की लगायतले आफनो धारणा राख्नु भएको थियो । उक्र अवसरमा प्रहरी नायव निरीक्षक कार्कीले इलाकामा दर्ता भएका हिंसाका घटना बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा सेल्फ डिफेन्स सम्बन्धी प्रशिक्षण लिएका बिद्यार्थीले सेल्फ डिफेन्सको नमुना प्रर्दशन गरेका थिए ।
कार्यक्रमको अवसरमा अभियान सम्पन्न गर्न सहयोग गर्ने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की, माईती नेपाल पशुपतिनगरका प्रमुख होम ढकाल, महिला सिर्जना बहुउद्देश्य सहकारी संस्था, महिला सूर्योदय बहुउद्देश्य सहकारी संस्था, किरात राई यायोक्खाका साथै सेल्फ डिफेन्स तालिमका प्रशिक्षक शुसीला रसाइली, मनकुमारी सुनुवार र तनिसा मगरलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
पशुपतिनगरबाट शुरु भएको कार्यक्रम बिभिन्न ठाउँमा सचेतनामुलक कार्यक्रम, पर्चा पम्पेल्ट बितरण, टोल बिकास, बिद्यालयमा प्रविधिको प्रयोग र साइबर क्राइम लैङ्गिक हिंसा, बालबिवाह , लागु औषध दुब्यसनी , महिला स्वयम सेविकालाई प्रशिक्षण , आत्मरक्षा तालिम लगायतका बिषयमा जानकारी गराउदै कार्यक्रम फिक्कलमा समापन भएको थियो ।
