कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै

  • प्रकाशित मितिः November 28, 2025
  • हाम्रो पालिका
प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै

फिक्कल: बाढीपहिरो प्रभावित इलामको माईजोगमाई गाउँपालिकाको वडा नं. ६ प्याङका घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ । पहिरोका कारण सडक अवरुद्ध भई प्राथामिक स्वास्थ्य केन्द्र सम्म आउन बिरामीलाई असहज भएपछि स्वाथ्यकर्मी घर–घरमा गएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो ।
प्राथामिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डा. अभिषेक देव ठकुरीको नेतृत्वमा खटीएको स्वास्थ्यकर्मीको समुहले बिहिबार प्रभावित क्षेत्रका बासिन्दाका घरमै गएर १०० बढी बृद्धबृद्धालाई सेवा दिइएको छ । आज शुक्रबार पनि घरमै गएर बृद्धबृद्धा , अशक्त र वालवालिकालाई सेवा दिइने डा. ठकुरीले जानकारी दिनु भयो ।
डा. ठकुरी संगै अहेब फुर्लमु शेर्पा, निराजन ढुङ्गेल, गोपाल गौतम , अनमि बिनिता लावती, जेनिशा राई र ल्याव असिस्टेन्ट दिप्ली राई सहितको टोली साबिक प्याङ्ग २ मा गई पहिरो पिडितको घरमा र सम्पुर्ण बिरामीको घर–घरमा गई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।


साथै पहिरो पिडित भक्त बहादुर थेबेलाई प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका सम्पूर्ण कर्मचारी परिवारबाट पाँच हजार आर्थिक सहयोग गरीएको छ । कार्यालयले आज साबिक वडा नं ४ मा गई सेवा सञ्चालन गर्ने जनाएको छ । असोज १८ को बाढी पहिरोमा परी प्याङमा दुई परिवारका ८ जनाको मृत्यु भएको थियो ।

TOP