फिक्कल: सूर्योदय नगर उद्योग वाणिज्य संघको तेश्रो अधिवेशनबाट सुरेन पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको छ । । सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुजन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रज्वल प्रधान, दोस्रो उपाध्यक्षमा दिपेश शाह निर्वाचित हुनु भएको छ । त्यस्तै, महासचिवमा तोयानाथ भट्टराई, कोषाध्यक्षमा मिना ढकाल, सचिवमा विक्रम श्रेष्ठ चयन हुनु भएको छ ।
सदस्यमा धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु बराल र डिल्ली प्रसाद सापकोटा निर्वाचित हुनु भएको छ ।