कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको बजेट एक अर्व ४० करोड

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको बजेट एक अर्व ४० करोड

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि एक अर्व ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । सूर्योदयको मंगलबार शुरु भएको १७ नगर सभामा नगर उप प्रमुख दुर्गाकुमार बरालले चालु तर्फ एक अर्व आठ करोड तीन लाख १७ हजार दुई सय २० रुपियाँ र अन्तरसरकारी अख्तियारी अन्तर्गत सङ्घीय सरकारबाट ३२ करोड गरी एक अर्व ४० करोड रुपियाँको बजेट सार्वजनिक गर्नु भएको हो ।
नगरपालिकाले प्रस्तावित योजना कार्यान्वयन गर्न स्थानीय सञ्चित कोषबाट एक अर्व आठ करोड तीन लाख १७ हजार दुई सय २० रुपियाँ विनियोजन गरेको छ । यसमा चालु खर्चको लागि ६८ करोड ३१ लाख ३७ हजार दुई सय २० रुपियाँ (६३.२३%) र पुँजीगत खर्चको लागि ३९ करोड ७१ लाख ८० हजार रुपियाँ (३६.७७%) छुट्याएको छ । विनियोजन गरीएको रकमले दीर्घकालीन पूर्वाधार र विकासलाई प्राथमिकता दिएको छ।
आगामी वर्षको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट र राजस्व बाँडफाँडबाट २२ करोड ५७ लाख ११ हजार , सङ्घीय सरकारबाट ६४ करोड ४३ लाख, र प्रदेश सरकारबाट चार करोड ४४ लाख ८१ हजार प्राप्त हुने अनुमान छ, । अन्तरसरकारी अख्तियारी अन्तर्गत सङ्घीय सरकारबाट ३२करोड प्राप्त हुने अनुमान सहित कुल वार्षिक बजेट एक अर्व ४० करोड तीन लाख १७ हजार दुई सय २० खर्च हुने अनुमान गरिएको छ। चालु वर्षको प्रारम्भिक विनियोजन एक अर्ब १० करोड ७५ लाख २५ हजार पाँच सय रहेकोमा संशोधित बजेट एक अर्ब एक करोड ९१ लाख २७ हजार पाँच सय कायम हुने गरी संशोधन प्रस्ताव गरिएको छ।
प्रस्तुत बजेट चालु वर्षको शुरु विनियोजनको तुलनामा २ दशमलव ४६ प्रतिशत घटी र संशोधित अनुमानको तुलनामा ६ प्रतिशतले बढी रहेको छ । चालु वर्षको संशोधित विनियोजन र आगामी वर्षको क्रियाकलापगत बजेट अनुसूचीमा समावेश गरी सभाबाट स्वीकृतिका लागि पेश गरिएको छ।
नगर सभाले आन्तरिक राजस्वलाई सुदृढ गर्न करका दरमा सामान्य परिवर्तन सहित फराकिलो बनाइएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । प्रस्तुत गरीएको बजेटमा शिक्षा , स्वास्थ्य , कृषि , पशुपालन , पर्यटन , सामाजिक बिकास र भौतिक पूर्वाधारमा केन्द्रित रहेको छ । जिल्लाका १० पालिका मध्ये सूर्योदयको बजेट सबै भन्दा ठूलो आकारको बजेट रहेको छ ।

 

TOP