“कुनै बेला राजा भएर शासन गथ्र्यौं, अहिले लोपोन्मुख जातिको सूचीमा आइपुगे छौं।”लाप्चा समुदायका अगुवा इलामका विरबहादुर लाप्चाले भन्नुभयो । अल्पसंख्यक समुदायको सूचीमा सूचिकृत लाप्चा जातीको कुनै बेला छुट्टै बिर्ता थियो अनि उनीहरु राजकाज गर्ने जिम्मेवारीमा थिए भन्ने अनुमान जो कोहिले लगाउन कठिन छैन ।
राज्यका निर्णायक तहमा नपुगेको लेप्चा समुदायबाट संघीयता कार्यन्वयनसँगै २०७४ सालमा भएको स्थानीय तह निर्वाचन मार्फत अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दै कार्य पालिका सदस्यमा निर्वाचित हुनु भएको विरबहादुरले पञ्चायत प्रजातनत्र र लोकतन्त्रको प्रत्यक्ष प्रत्याभुती गरेपिन यो जिम्मेवारीमा लेप्चालाइ पुर्याउनमा संघीयताकै देन रहेको स्मरण गर्नुभयो ।
उहाँ यो समुदायबाट यत्तीको जिम्वेवारीमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ । विरवहादुरले परिवर्तनका लागि २०६२।०६३सालकोजनआन्दोलनमासमुदायका सबैलाइ सहभागि गराएर अग्र मोर्चामा उभिनु भएको थियो ।
सरकारलेयो समुदायलाइ सामाजिक सुरक्षा भत्ताको रुपमा मासिक ५०० रुपैंया सुनिस्चिता गरिदियो यस्ले लेप्चाहरुले घर घरमा संघीयताको अनुभुती गरिरहेका छन । उहाँले थप्नुभयो ।
लेप्चालाइ आदिवासी जनजाति प्रतिष्ठान २०५८ ले ‘लोपोन्मुखजाति’मासूचीकृत गरेकोछ।उनीहरूबौद्धधर्ममान्छन् । यसका अवसरमा इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा सार्वजनिक बिदा दिइन्छ । यो पनि संघियतापछिको ठूलो र महत्वपुर्ण उपलब्धि भएको लेप्चाहरूको बुझाइ छ । उनीहरुको थातथलोइलाम नै हो ।
अहिले यहीँ बाट छरिएर देशका विभिन्न भागमा पुगेकाछन् । कोशी प्रदेश सरकारले समावेशी नीति अनुसार आदिवासी जनजातिहरूको संरक्षण, उत्थान र समुचित विकासमा प्राथमिकता दिएकोछ । लेप्चा समुदायको सामाजिकरशैक्षिक विकासकालागि विशेष कार्यक्रम र बजेटव्यवस्था गर्दै आएकोछ । शिक्षा, सीपविकास, स्वास्थ्य, पूर्वाधार, र सांस्कृतिक संरक्षणमा ध्यानदिइएको प्रदेश सांसद खिनुलुङवा लिम्बु बताउनुहुन्छ ।
संघीयतापछि लेप्चा समुदायमा थुप्रै अवसरहरू विस्तार भएका छन्। शिक्षा, सामाजिक सुरक्षा, स्वास्थ्य र प्राविधिक शिक्षामा पहुँच बढ्दै गएको छ। विशेषतः सामाजिक सुरक्षा भत्ताले समुदायले राज्यबाट आफूलाई मान्यता प्राप्त भएको महसुस गर्न थालेको छ।
इलामको सुर्योदय नगरपालिका र रोङ गाउँपालिकालाई लेप्चा समुदायको मुख्य बासस्थान मानिन्छ। सुर्योदय नगरपालिकामा मात्रै १७७३ लाप्चाको बसोबास छ। उनीहरूलाई मासिक रु ५०० भत्ता दिइन्छ भने बृद्धवृद्धालाई थप सुविधा प्रदान गरिएको छ। यस योजनामार्फत नगरपालिकाले वार्षिक ७० लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ।
रोङ गाउँपालिकामा बसोबास गर्ने लेप्चाहरुले पनि अल्पसंख्यक कोटाका सुविधाहरु उपभोग गरिरहेको ज्येष्ठ नागरिक प्रेम बहादुर लेप्चा बताँउनुहुन्छ ।
इलाम सुर्योदय नगरपलिका वडा नम्बर ८ निवासी बिकास लाप्चाले २०७३ सासमा सिभिल इन्जिन्यरिङ कोर्शको अध्ययनगर्नु भयो । त्यसपछि बाग्मति प्रदेशको प्रदेश लोक सेवा आयोग भिड्नु भएका उहाँले सफलता प्राप्त गरेसँगै चौथो तहमा सिफारिस भइ नुवाकोटको लाकेल गाउँपालिकामा काम गरिरहनुभएको छ ।प्रदेश सरकारको स्थापना भएसँगै विकास जस्ता युवा युवती सरकारी सेवामा पनि देखिन थालेका छन ।
संघीयता पश्चात लाप्चा युवाहरू प्राविधिक क्षेत्रमा अघि बढेका छन्। धेरैजसोले सीटीईभीटीमार्फत एचए, एनएमए, स्टाफ नर्स, ओभरसियर आदि अध्ययन गरेर पेशागत बाटो समातेका छन्। प्राविधिध शिक्षा लिएसँगै वैदेशिक रोजगारमार्फत कतार, दुबई, आयरल्याण्ड, अमेरिकासम्म पुग्नेको संख्या पनि बढ्दो छ । नेपाली सेना, प्रहरी सेवा लगायत क्षेत्रमा पनि लाप्चा युवाहरूको उपस्थिति देखिन थालेको छ।
तर शिक्षा क्षेत्रको सुधार सँगै नेतृत्व तहमा सहभागिता भने अझै कमजोर छ। लेप्चा अगुवा विरबहादुर भन्नुहुन्छ “हाम्रो रीतिरिवाज, भेषभूषा, भाषा सबै शेर्पा, भोटे वा तामाङसँग मिल्दोजुल्दो भए पनि संस्कृति पृथक छ। यसलाई जोगाउन भाषा र शिक्षामा प्रदेश सरकारले लगानी गरिदिए हुन्थ्यो भन्ने उनीहरुको अपेक्षा छ।
कोशी प्रदेश सरकारले लेप्चाहरुलाइ शैक्षिक छात्रवृत्ति कार्यक्रम, सीपमूलक तालिम र रोजगार कार्यक्रम अन्तरगत सीपविकास तथा उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रममा सहयोग गरिरहेको छ ।
उनिहरुले सिटिइभिटिबाट प्राविधिक शिक्षा हासिल गर्नकोलागि लोपउन्मुख कोटा बर्षेनि प्राप्त गर्ने गरेकाछन।
“सिटिइभिटि मार्फत सञ्चालन हुने स्वास्थ्य तथा प्राविधिक शिक्षामा केही सिटहरू प्रदेशसरकारको आर्थिक सहायतामा सञ्चालन भइरहेका छन्। जस अन्तरगत नै स्टाफनर्श, एचए, अनमी, ओभरसीयस लगाएतका विधाहरुमा अवसर प्राप्त गरी अहिले आत्मानिर्भरका साथ स्वभिमानतर्फ केही अग्रसर बन्न थालेको इलाम नगरपलिका १० गोदकका मनोज लाप्चाले बताउनुभयो”। शिक्षा भत्ता छात्रवृत्ति, स्वास्थ्यबीमा अनुदान, उद्यमशिलता प्रवद्र्धनका कार्यक्रममा पशुपालन, सानाव्यवसायको तालिम पनि प्रदेश सरकारबाट प्राप्त गर्दै आएका छन ।
लाप्चा समुदायको मातृभाषा संकटमा छ। खोज हरुले हाल करिब ४० प्रतिशत लाप्चा मात्र मातृभाषा बोल्ने गरेको देखाएका छन्। बाँकी नेपाली बोल्छन । रोङ गाउँपालिकाले लाप्चा भाषा शिक्षाको पहल थालेको छ। समुदायमा आधारित विद्यालयहरूमा पाठ्यपुस्तक लागू गरिए पनि सिकाउने जनशक्ति र विद्यार्थीको संख्या कम भएकोले चुनौती बढ्दो छ।
लोपोन्मुख भाषाको जगेर्नाका लागि अव कोशी प्रदेश सरकारले नितीगत व्यवस्था गर्नु जरुरी रहेको उनीहरुको ठम्याइ छ ।
लाप्चा जाति प्रकृतिको पूजक हुन। उनीहरू ’नामवन पर्व’ लाई असत्यमाथि सत्यको विजयको रूपमा मनाउँछन्। ‘लासोमुङपनु’ नामक राक्षसलाई भगवान तामसाङथिङको सहयोगमा मारेको स्मरणमा यो पर्व मनाइन्छ। यस्तै, न्वागी पर्वमा अन्नको नयाँ बाली विशेष पूजा गरेपछि मात्र खाने परम्परा छ।
सांस्कृतिक समारोहमा लाप्चा नृत्य र बाजागाजाको प्रयोग अहिले स्थानीय सरकारका औपचारिक कार्यक्रमहरूमा समेत देखिन थालेको छ। सुर्योदय नगरपालिकाका धेरै स्थानको नाम पनि लाप्चा भाषाबाट व्युत्पन्न—अन्तु, फिक्कल, कन्याम आदी नाम लाप्चा भाषामै राखिएका हुन । जस्ले संघीयता कार्यन्वयन सँगै आफ्नो पहिचान स्थापित गरिराख्न मदत पुगेको लाप्चा अगुवाहरुको बुझाइ छ ।
इलमको रोङ गाउँपालिकाको नामकरण नै लाप्चासमुदायको सम्मानका लागि राखिएकोहो । रोङ गाउँपाकिाले भने लाप्चाभाषामा अध्ययन गर्नको लागि विध्यलयमा पाठ्य पुस्तक नै बनाएर लागु गरेकोछ । इलामको सुर्योदयमा सबैभन्दाधेरै ५ नम्बरवडामा बसोबास छ । यहाँ ३४३ जनाको संख्यामा छन। लाप्चा समुदायको पुख्र्यौली पेसा कृषि नै हो । उनीहरू आफूलाई चाहिने सामग्री आफैं बनाउन सक्ने कौशल रहेको समुदायको रूपमा समेत परिचित रहेकाछन।
उनीहरूको धर्म, रीति रिवाज र शारीरिक बनोट नेपालको शेर्पा, तामाङ, भोटे आदि जातिसँग मिल्दो जुल्दोछ। तथा पिउनीहरू संस्कृति तथा परम्पराका हिसाबले तीजातिहरू भन्दा भिन्नभएको सूर्योदय नगरपालिका—४ का लाप्चा अगुवा उमेश बताउँछन्।
२०५८ को जनगणना– तथ्यांकले लेप्चाको कूल जनसंख्या ४ हजार देखाएको थियो। २०७८ मा जनसंख्या घटेर ३ हजार ४ सयको हाराहारिमा झरेकोछ।जन्मदर घट्नुका सँगै विविध कारण जनसंख्या घट्दो क्रममा रहेको हो ।लाप्चाका छोरीहरुले अन्तरजातीय विवाह गरेर जाने गरेका कारण पनि उनीहरुको संख्या घट्दो छ ।
सुर्योदय नगरपालिका हाल लाप्चा संस्कृतिलाई नगरकाऔपचारिक कार्यक्रममा प्रस्तुतगर्छ। हालै मात्र१७ देशका राजदूतहरूसुर्योदय आएका थिए। उनीहरूले लेप्चा नृत्य, पोशाक र संस्कृति देखेर आन्तरिक पर्यटनको नयाँ सम्भावना देखेको अनुभव स्थानीयसँग ताजै छ।
अस्तित्व जोगाउने अभियान
छरिएर बसेका लाप्चा जाती संघीयता कार्यन्वयन पश्चात संगठित हुँदै छन्। समुदायभित्रको सस्कार र सस्कृति , भाषा सुदृढ गर्ने र एकताबद्ध हुने अभियान उनीहरुले चलाइरहेका छन ।
स्थानीय सरकारले पनि ‘एक वडा, एक पहिचान’ कार्यक्रममार्फत लोपउन्मुख जातिको आय आर्जनमा टेवा पुर्याउन उदेस्यले अरु पनि थुप्रै काम गरिरहेको रोङका प्रमूख प्रशासकीय अधिकृत विनोद चौहान टिप्पणी गर्नुहुन्छ । सामाजिक सञ्जाल र स्थानीय मिडियामा लाप्चा संस्कृतिको प्रचारप्रसार बढ्दै गएको छ।
इलामको रोङ गाउँपालिकाले त्यहाँका ६ वटै वडामा कृषि उपज प्रशोधन केन्द्र स्थापना गरेको छ । जहाँ गुन्द्रुक सिन्की सिस्नु बेसार र चिया जस्ता बस्तु प्रशोधन गरिन्छ । यहाँ प्रशोधन गरिएका बस्तुको बजारीकरणका लागि प्रदेश र स्थानीय तहको सहयोग आवस्यक रहेको उनीहरु बताँउछन ।
संघीयताले केही ढोका खोलिदिएको भए पनि लाप्चा समुदायलाई अझै राज्यको बलियो नीति र सहकार्य आवस्यक छ। भाषा, संस्कार, शिक्षा, रोजगारी र नेतृत्व तहमा उनीहरूको उपस्थिति सुनिश्चित गर्न दीर्घकालीन रणनीति आवश्यक छ।
नेपालको सम्विधानले परिकल्पना गरेका तीन तहकै सरकारले लेप्चा जस्तै अल्पसंख्यक र लोपोनमुख जातीको शशक्तिकरणसँगै क्षमता विकासका लागि नतिजामुखी कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।समाजशास्त्रीहरूको भाषामा “संघीयता तब सार्थक हुन्छ जब अल्प संख्यकहरुले आफनो मौलिकता कायम राख्दै राज्यको मूलधारमा समाहित हुने अवसर पाउँछन्।“
अहिले पनि लाप्चा समुदाय आफ्नै सामग्री आफैँ बनाउने, कृषि पेसामा आधारित, आत्मनिर्भर जीवनशैलीमा रहन रुचि राख्ने जातिका रूपमा चिनिन्छन्। तर यही मौलिकता उनीहरूको पहिचान हो भन्ने राज्यको मान्यता र संरक्षण नहुनु नै भविष्यको सबैभन्दा ठूलो चुनौती बन्ने खतरा छ ।