अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

सूर्योदयमा सरोकारवालासंग नीति कार्यक्रम निर्माणका लागि छलफल

  • प्रकाशित मितिः January 10, 2026
  • हाम्रो पालिका
सूर्योदयमा सरोकारवालासंग नीति कार्यक्रम निर्माणका लागि छलफल

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम सम्बन्धी सरोकारवालासंग पूर्व बजेट छलफल गरेको छ । नगरपालिकाले आगामि आर्थिक बर्ष ०८२ ८३ मा कार्यान्वयन हुने नीति कार्यक्रम तर्जुमा गर्न गैसस, उपभोक्ता समिति, सहकारी संस्था, बुद्धिजिवि एवम संचारकर्मीहरुसंग छलफल गरेको हो । छलफलमा २२ जना सहभागिले सुझाव राखेका थिए ।

अधिकाँश सहभागिले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, चिया र पर्यटनका बिषयमा सुझाव राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुको उपस्थिती न्यून देखिएपछि कतिपय सहभागीहरुले नीति कार्यक्रमको प्रारम्भिक छलफलमा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता न्युन भएको बिषयमा गुनासो समेत राखे । सहभागिहरुले नीति कार्यक्रममा समावेश भएका कतिपय कार्यक्रमहरु कार्यान्वयमा आउन नसकेको गुनासो समेत राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद शम्शेर राईले प्रदेशका सवालमा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । उनले स्थानीय तहले समानीकरण अनुदान भन्दा पनि आफ्नो आम्दानी बढाउन सुझाव दिए । राईले करको दर भन्दा पनि दायरा बढाएर स्थानीय सरकारले आम्दानी बढाउन सुझाव राखे ।

राईले डाँडाकाँडा रंग्याउँदैमा पर्यटन विकास नहुने भएकाले प्रदेश सरकारले लगानी गरेपछि आम्दानी दुवै तहलाई हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उठेका नीति कार्यक्रमहरुलाई समावेश गर्नुपर्ने बिषयहरुको बारेमा नगर प्रमुख रणबहादुर राईले सम्बोधन गरे । उनले कतिपय नयाँ कार्यक्रमहरु समावेश गरेर अघि बढ्ने नगरको लक्ष्य रहेको बताए ।

उनले नगरले १ अर्ब ३५ करोड हाराहारीको बजेट ल्याउँदै आएको बताए । राईले दुग्द्य मुल्य निर्धारण स्थानीय तहले सहजीकरणको मात्र कार्य गर्ने बताए । उनले वन फडानीको जनगुनासो बढेपछि ३३ इन्च भन्दा कमको रुख काट्न नपाइने जनाए । राईले नगरपालिकाले सामाजिक सुरक्षामा समेत धेरै खर्च गर्नुपरेको बताए । उनले सामाजिक सुरक्षाको क्षेत्रमा ३६ करोड खर्च हुँदै आएको बताए ।

उनले शिक्षामा नगरले बार्षिक रुपमा ३५ करोड लगानी गर्दै नयाँ नयाँ कार्यक्रमहरुलाई प्राथमिकता राख्दै आएको बताए । उनले स्वास्थ्यको क्षेत्रमा ९ करोड लगानी गरेपनि जनताहरुबाट नगरपालिकाले केही नगरेको भन्ने गुनासो हुने गरेको बताए । कार्यक्रममा नगरपालिकाको नीति कार्यक्रमको प्रारम्भिक खाका बारे योजना अधिकृत खेम राईले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि, शिक्षासेवी, सहकारीकर्मी, पत्रकार लगायको उपस्थिती रहेको थियो ।

TOP