अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

२० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी

  • प्रकाशित मितिः January 3, 2026
  • हाम्रो पालिका
२० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी

फिक्कल:
कृषि तथा पशुपंछी बिकास मन्त्री रामनाथ अधिकारीले नेपालका २० लाख किसानलाई किसान परिचय पत्र वितरण गरीने बताउनु भएको छ।
्इलामको रोङ गाउँपालिकामा आयोजित गुरु किसान घोषणा तथा साना किसान कृषि प्रशोधन उद्योगको उद्घाटन गर्दै मन्त्री अधिकारीले पहिचान खुलेका २० लाख किसानलाई चाडै परिचय पत्र बितरण गरीने बताउनु भएको हो ।
मन्त्री अधिकारीले नेपाल सरकारले गुरु किसान पहिचान गर्न नसकेको अवस्थामा रोङ गाउँपालिकाले गर्न सकेको भन्दै आगामी आर्थिक बर्षको बजेटमा गुरु किसानलाई प्रविधि हस्तान्तरणका लागि तीन करोड रुपियाँ मन्त्रालयले सहयोग गर्ने बताउनु भयो । मन्त्री अधिकारीले भन्नु भयो‘तीन तहका सरकार मिलेर देश भर गुरु किसान जन्माउन सकियो भने मात्र देशमा समृद्धि आउने छ ।’ उहाले किसानका नाममा बिगतमा अनुदानको रकम हिनामिना भएको बताउदै आगामी दिनमा खास किसानको पहिचान खुलाएर मात्र सहयोग गरीने जानकारी दिनु भयो ।
उक्त अवसरमा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी बिकास मन्त्री खगेन सिंह लिम्बुले तीनै तहका सरकार बिच समन्वय गरेर किसानको समृद्धिका क्ष्पेत्रमा काम गर्नु पर्ने बताउनु भयो । मन्त्री लिम्बुले कृषि पेशालाई ब्यवस्थित र मर्यादित बनाएर युवालाई बिदेशीनबाट रोक्नु पर्ने बताउनु भयो । उहाले कोशी प्रदेश सरकारले आवश्यक्ताका आधारमा स्थानीय पालिकाहरुको माग सम्बोधन गरीने जानकारी दिनु भयो । कोशी प्रदेशलाई खोरेत मुक्त बनाउनका लागि पहल भैरहेको जानकारी दिदै संघीय , प्रदेश र स्थानीय सरकारको समन्वयमा तीन खम्बे तीति अवलम्बन गरी किसानको पक्षमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।
उक्त अवसरमा रोङ गाउँपालिकाले उत्पादन गरेका कृषि जन्य बस्तुको प्रसोधन गर्ने गरी निर्माण गरीएको साना किसान कृषि प्रशोधन उद्योगको उद्घाटन गरीएको थियो । उक्त उद्योगमा गुन्द्रुक , चिया, तिते करेला आदिको प्रसोधन गरीने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । उक्त अवसरमा एक सय २१ जना गुरु किसानलाई ब्याग, डायरी , गुरु किसानको लोगो आदि वितरण गरीएको थियो ।

TOP