कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका

प्रेम अधिकारी,फिक्कल: 

बिपतका कुनै घटना भए भने ग्रामिण क्षेत्रमा तत्काल समाधान गर्ने र उद्दारका कुनै उपाय हुदैनन । केहि दिन अघि इलामको जस्बीरेमा रहेको जस्बीरे चिया उद्योगमा आगलागि भयो । स्थानीय भेला भए । तर, आगो नियन्त्रण गर्ने कुनै उपाय भएन । हेर्दा हेर्दै उद्योग खरानीमा परिणत भयो । झण्डै १० करोड बराबरको क्षती भयो । इलाम नगरपालिकाको बारुणयन्त्र ढिलो गरी पुगेका कारण आगो समयमै नियन्त्रणमा आउन सकेन । पहाडी भूभागमा आगलागी, बाढी पहिरो, भुकम्प जस्ता बिपतको समयमा तत्काल समाधान गर्ने उपाय कमै मात्र छन । यी नै कुरालाई मध्य नजर गरी इलामको सूर्योदय नगरपालिकाले स्थानीयलाई बिपत प्रतिकार्य तालिम दिन थालेको छ । नगरका जनप्रतिनिधि, टोलबिकास संस्थाका प्रतिनिधि , नेपाली सेना, शसस्त्र प्रहरी र रेडक्रसका प्रतिनिधिलाई नगरले तालिम दिन थालेको हो ।
नगरले पछिल्लो समय फरक अभ्यासका रुपमा टोल बिकास संस्थाका पदाधिकारीलाई सक्रिय बनाउनका लागि नगरका दुई सय एकवटा टोल बिकास संस्थालाई आफनो काम कर्तब्य र अधिकार सम्बन्धि तालिम दिएर वडा स्तरमा बिपत ब्यवस्थापन समिति गठन गरेको थियो । उक्त समितिमा रहेका प्रतिनिधि, जनप्रतिनिधि, नेपाली सेना र शसस्त्र गरी एक सय ३० जनालाई पाँच दिन तालिम दिइने छ । तालिम पश्चात नगरमा भएका बिपतका घटनामा तालिम दिएका प्रतिनिधिले प्राथमिक उद्दारको काम गर्ने नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो ।
नगरले यस अघि टोल विकास संस्था सञ्चालन कार्यबिधि २०७४र टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०८० बमोजिम सक्रिय रहेका टोल बिकासका अध्यक्ष , सचिव र कोषाध्यक्षलाई टोल बिकासको काम कर्तब्य र अधिकारका बिषयमा कक्षा संचालन गरेको थियो ।
सूर्योदयले बजेटकै ब्यवस्था गरेर बिपतको पूर्व तयारी शुरु गरेको छ । जिल्लाका अन्य कुनै पनि पालिकाले यस प्रकारको बिपतको पूर्व तयारी थालेका छैनन ।
नगर प्रमुख राईले भौगोलिक बिकटता र स्रोत साधनलाई मध्यनजर गरी स्थानीय स्तरमै बिपत उद्दारकर्ता निर्माण गर्नका लागि तालिम संचालन गरीएको बताउनु भयो । उहाले भन्नु भयो‘बिपतका सानातिना घटनाको समाधान टोल स्तरबाटै होस भन्ने हाम्रो उद्देश्य हो ।’
नेपाली सेनाको गडीथुम्कामा रहेको रणशार्दुल गणका गणपति प्रहलाद घलेले नगरपालिकाले स्थानीय स्तरमा उद्दारकर्ता उत्पादन गर्दा प्राथमिक चरणका काम गर्न सहज हुने बताउनु भयो ।
नगरले उत्पादन गरेका उद्दारकर्ताले बिपतको समयमा नगरले खटाएको स्थानमा स्वयमसेवकको रुपमा उद्दारका काम गर्ने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिनु भयो । नगरको बन वातावरण तथा बिपत ब्यवस्थापन समितिका संयोजक राजकुमार लिम्बुले बिपतको समयमा थोरै कुरा जानेको ब्यक्तिले पनि ठूलो दर्घटनाबाट बचाउन सक्ने भएकाले तालिमनै संचालन गरीएको जानकारी दिनु भयो ।
नगरले आर.एन.ए. सिक्टिन संस्थाको प्राविधक सहयोगमा तालिम संचालन गरेको छ । संस्थाका अध्यक्ष डा. अरुण शैजु सहित चार जनाको समुहले तालिम दिइ रहेको छ । तालिममा अभ्यास प्रशिक्षण गराई स्थानीयलाई उद्दारकर्मीको रुपमा उत्पादन गरीने अध्यक्ष डा. शैजुले जानकारी दिनु भयो ।

TOP