कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

टोल बिकास संस्थालाई ब्यवस्थित गर्दै सूर्योदय

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
टोल बिकास संस्थालाई ब्यवस्थित गर्दै सूर्योदय

फिक्कल: इलामको सूर्योदय नगरपालिका असल अभ्यासका कारण देशभर चर्चामा छ ।नगरका असल अभ्यास हेर्न र सिक्नका लागि अहिले दैनिक जसो देशभको कुनै न कुनै पालिकाका जनप्रतिनिधि आएकै हुन्छन् ।
नगरले पछिल्लो समय फरक अभ्यास शुरु गरेको छ । नगर क्षेत्रमा दर्ता भएका दुई सय एक वटा टोल बिकास संस्थामा ‘टोल बिकास संग नगर प्रमुख’ कार्यक्रम शुरु गरीएको छ । टोल विकास संस्था सञ्चालन कार्यबिधि २०७४र टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०८० बमोजिम सक्रिय रहेका टोल बिकासका अध्यक्ष , सचिव र कोषाध्यक्षलाई टोल बिकासको काम कर्तब्य र अधिकारका बिषयमा कक्षा संचालन भैरहेको छ । नगर प्रमुख रण बहादुर राई आफै पुगेर वडा भरका टोल बिकासका पदाधिकारीलाई एकै ठाउमा जम्मा पारी उनीहरुको काम , कर्तब्य र अधिकारका बिषयमा प्रशिक्षण दिने काम गरीरहनु भएको छ । नगर प्रमुख राई जस्तै गरी नगर उप प्रमुख दुर्गा कुमार बराल पनि टोलबासी संग छलफल र संवादमै हुनुहुन्छ ।
नगर प्रमुख राईले भन्नु भयो‘टोलबाटै बिकास गर्नका लागि सबै भन्दा पहिला टोल बिकास समितिमा बस्नेले आफनो काम कर्तब्य र अधिकार बुझनु पर्छ, अनि मात्र के गर्ने भन्ने प्रष्ट हुन्छ ।’
नगर प्रमुख राईले टोलको सरसफाई , सार्वजनिक सम्पत्तीको संरक्षण् गर्ने, बिभिन्न सिफारिस गर्ने, गरीब असाहयको तत्त्याङ्क संकलन गर्ने, शिक्षाको अवस्था अनुगमन गर्ने, सुत्केरी महिला र बच्चाको अवस्था बुझेने जस्ता काम टोल बिकासले गर्नु पर्ने बताउनु भयो ।
सूर्योदयले आगामी आर्थिक बर्ष देखि टोल बिकास संस्थाहरुका लागि बजेट बिनियोजन गर्ने योजना अगाडी सारेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिनु भयो । ‘फिक्कलको बरबोटे क्षेत्रमा कुनै बेला मानिस मुख थुनेर हिड्नु पर्ने गरीको फोहोर थुप्रिएको हुन्थ्यो, टोल बिकास संस्था सक्रिय भए पछि अहिले बरबोटे नगरको सबै भन्दा सफा ठाउ बनेको छ’ नगर प्रमुख राईले भन्नु भयो ।
नगरले १४ वटै वडाका टोल बिकास संस्था संग तल्लो तहका राय सुझाव समेत संकलन गर्ने काम गरीरहेको छ । धेरै जसो वडामा छलफल सम्पन्न भैसकेको छ । नगरर उप प्रमुख दुर्गा कुमार बरालले टोल बिकास गंगको कार्यक्रमले टोलका तत्तलो सहका समस्या बुझन सहज भएको बताउनु भयो । नगर प्रमुख राईले टोल बिकास सक्रिय भए देखि टोलबाटै मदिरा न्यूनिकरणका काम गर्न सकिने जानकारी दिनु भयो ।
नगर प्रमुख , उप प्रमुख वडाध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारी समेत टोलमा गएर टोल समितिलाई तालिम दिने काम भैरहेको नगरले जनाएको छ ।
उनीउटार टोल बिकास संस्थामा अध्यक्ष पुष्पा न्यौपानेले नगरले प्रशिक्षण दिए पछि टोल समितिले गर्ने काम धेरै रहेछन भन्ने थाहा पाएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘बिकास निर्माण र सुशासनको शुरुवात टोल समितिले नै गर्न सक्ने रहेछ भन्ने महसुस भएको छ ।’
टोल बिकास संस्था संगको छलफल संगै नगरले प्रत्येक वडामा बिपत ब्यवस्थापन समिति समेत गठन गरीरहेको छ । प्रत्येक टोल बिकास समितिका सदस्यलाई समेटेर प्राकृतिक बिपत परेको बेलामा सहजीकरण गर्नका लागि समिति बनाएको नगरले जनाएको छ । उक्त समितिलाई नगरले बिपत ब्यवस्थापन र पूर्व तयारी बारे तालिम दिने जनाएको छ ।

 

TOP