अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

नेशनल लघुवित्तको अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः January 11, 2026
  • हाम्रो पालिका
नेशनल लघुवित्तको अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फिक्कल: नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय पशुपतिनगरले अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सूर्योदय नगरपलिकाको फिक्कलमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको इजाजत प्राप्त नेशनल लघुवित्त वित्तीय संस्थाको अध्यक्ष भेला सूर्योदय नगरपलिका वडा नम्बर १२ का वडाध्यक्ष डोलेन्द्र भारद्वजको प्रमुख अतिथ्यतामा उद्घाटन गरीएको थियो ।
शाखा कार्यलय पशुपतिनगरका शाखा प्रबन्धक मनोज प्रशाद अधिकारीले संस्थाका आफ्ना सदस्यलाई वित्तिय कारेबारमा दक्ष बनाउने उद्देश्यले वार्षिक रुपमा कार्यशाला गोष्ठि तथा साक्षरता गर्ने गरेको बताउनु भयो ।संस्थाका अनुगमन प्रमुख पृथक सिहं खत्रीले संस्थाको संरचना बारे स्पष्ट पार्दै इलाममा, इलाम नगर र पशुपतिनगर कार्यक्षेत्र रहेको बताउनुभयो । उहाँले संस्थाको केन्द्रीय कार्यलय बनेपामा रहेको जानकारी दिनुभयो । सरकारको नीति अनुसा हाल चारवटा संस्था मिलेर नेशनल लघुवित्त बनेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १२ का वडा अध्यक्ष डोरेन्द्र भारद्वज , वडा नम्बर ६ का अध्यक्ष शिवकुमार बस्नेत, जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोला ,प्रहरी चौकी फिक्कलका प्रमुख विष्णु सापकोटाले शुभकामना मन्तव्य राख्दै लघुवित्त प्रतिको मानिसको भावनामा भैरहेको नकारात्मक परिर्वनलाई यस्तै कार्यक्रमले चिरेर लैजाने बताउनु भयो । उहाँहरुले ऋृणिले नतिर्ने भन्न नहुने र संस्थाले पनि भाका भन्दा पनि पस्थिति अनुशार सरल अवसर दिँदै उठाउनु पर्ने सुझाव दिनुभयो । संस्थाकी सदस्य ममता राईको अध्यक्षतामा भएको कार्यक्रममा कोलबुङ शाखा प्रबन्धक टेक नाथ अधिकारी, गोर्खे ,समाल्बुङ ,अन्तु , लक्ष्मिपुर , आइतबारे , गोदक लगायतका स्थाबाट ६० जना बढी सदस्यको सहभागिता रहेको थियो ।

TOP