कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

घुस लिँदा पक्राउ परेका बुद्धशान्ति २ का वडा अध्यक्ष ओली निलम्बित

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
घुस लिँदा पक्राउ परेका बुद्धशान्ति २ का वडा अध्यक्ष ओली निलम्बित

झापा: बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्। सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो।

वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८०००० घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भई आएको र थुनामा रहेका ओली लाई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग का अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्मा ले जनाएका छन्। सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत निलम्बन मा रहने कानुनी प्रावधान रहेकाले वडा अध्यक्ष ओलीलाई निलम्बन गरिएको बताइएको छ।पूर्वाञ्चल दैनिकबाट

TOP