कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

बुढानिलकण्ठ आविमा बाल उद्यान निर्माण

  • प्रकाशित मितिः November 28, 2025
  • हाम्रो पालिका
बुढानिलकण्ठ आविमा बाल उद्यान निर्माण

इलामको सूर्योदय नगरपालिका वडा न. ९ स्थित ढोडेमा रहेको बुढानिलकण्ठ आधारभूत विद्यालयमा निर्मित बाल उद्यानको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसुर राईको अध्यक्षता नगर प्रमुख राईको प्रमुख अतिथ्यता वडा न। ९ का वडाअध्यक्ष तथा आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सरकारको ८ लाख र समुदायको २ लाख सहित १० लाखको लागतमा निर्मित बाल उद्यान नगर प्रमुख राईले उद्घाटन गर्नुभएको हो। विद्यालयमा विभिन्न कक्षा कोठाहरू मर्मत लगायतका कार्य पनि उक्त रकम भित्रैबाट गरिएको वडा सदस्य तथा विद्यालयको गुनासो सुन्ने अधिकारी बिमल साम्पाङले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गीता कुमार ढुङ्गानाले विद्यालयले गर्दै गरेका काम, आधारभूत विद्यालयमा कसरी आफ्नो विद्यालय नमुना बन्दैछ यसमा विद्यालयको अभिभावक शिक्षक लगायतको प्रयास कस्तो रहेको छ साथै नगरपालिकाको तर्फबाट के कस्तो साथको आवश्यकता छ भन्ने बारेमा आफ्नो भनाई राख्नुभएको थियो उहाँले नगर प्रमुख राईलाई विभिन्न माग सहितको ज्ञापनपत्र समेत बुझाउनुभयो। पछिल्लो समय प्रधानाध्यापक गीता प्रसाद ढुंगाना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसुर राई तथा शिक्षक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी जनप्रतिनिधी अभिभावक स्थानीय संघ संस्थाको विशेष पहलमा बुढानीलाकण्ठ आधारभूत विद्यालयले शिक्षा क्षेत्रमा निकै राम्रो कार्य गर्दै आएको छ।
कार्यक्रममा विद्यालयमा विभिन्न समयमा अध्यापन गराएर विदा हुन भएको ५ जना शिक्षकलाई विदाई तथा सम्मान समेत गरिएको थियो। कार्यक्रममा नगरप्रमुख राईले विद्यार्थीलाई राम्रो वातावरणमा शिक्षा दिने अभियानमा बुढानिलकण्ठ आ । वि ।ले खेलेको भूमिकाप्रति उच्च प्रशंसा गर्दै नगरको तर्फबाट सधैं साथ रहने बताउनुभयो । उहाँले नानीलाई मोबाइल लगायतका कुलतबाट हटाउँदै हरेक बार खानाचार अभियानमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष शर्माले वडा न.९ का हरेक विद्यालयले राम्रो पठनपाठन गराइरहेको र बुढानिलकण्ठ आ वि.ले यसमा छुट्टै आयाम थपेको भन्दै वडाको तर्फबाट सधैं साथ दिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईले निक्कै मेहनतका साथ विद्यालयलाई यो अवस्थामा ल्याएको भन्दै बालउद्यान निर्माणको लागि साथ दिने नगरपालिका , प्रदेश सबैमा धन्यवाद दिनु भयो ।

TOP