जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

पर्यटन प्रवर्धन गर्न मकरजुङ–लामिधुरा पदयात्रा

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
पर्यटन प्रवर्धन गर्न मकरजुङ–लामिधुरा पदयात्रा
Spread the love

इलाम:  सूर्योदय नगरपालिका–१०, फिक्कल बजारस्थित मेची राजमार्गबाट छ किलोमिटर पूर्व मकरजुङ्ग गाउँ छ । यहाँबाट सात घण्टाको पैदल यात्रामा लोपोन्मुख रेडपाण्डा  पाइने थुम्के पुगिन्छ । यहाँ रेडपान्डा, थरिथरिका चरा, वनस्पतिको अध्ययन गर्न तथा सूर्योदय र कञ्चनजङ्घा हिमाल नियाल्न पर्यटक पुग्ने गर्छन् ।

पर्यटकको बसोबासका लागि आठ वटा घरमा घरबास (होमस्टे) सञ्चालित छन् । एउटा हामेस्टेमा छ देखि १५ जनासम्म बस्ने व्यवस्था मिलाइएको होमस्टे सञ्चालक रविन बुढाथोकीले बताए । उनका अनुसार सम्भावना भएर पनि भौगोलिक कठिनाइका कारण ओझेलमा परेको थुम्केको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक सय २० जनाले दुई दिनको पदयात्रा सम्पन्न गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ सूर्योदय नगर कमिटी र १ नं वडा कमिटीको अगुवाइमा आयोजित पदयात्रामा वाइल्ड लाइफ फोटोग्राफर, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र युवाको सहभागिता थियो ।

‘दुई हजार तीन सय मिटरको उचाइमा रहेको थुम्केमा रेडपान्डा पाइनुका साथै सूर्योदयको झुल्केघाम देखिन्छ । आठ हजार पाँच सय ८६ मिटिरको कञ्चनजङ्घा हिमाल देख्न सकिन्छ,’ पदयात्रा आयोजक समिति अध्यक्ष सन्देश खड्काले भने, ‘बस्ती पातलो छ । घनाजङ्गल भएकाले यहाँ लेकाली क्षेत्रमा प्रसस्त जडीबुटी पाइन्छन् ।’

सूर्योदय–१ ठूलो भूगोल भएकाले मकर्जुङ्गबाट अन्तिम सीमा लामिधुरासम्म पुग्न सहज यातायातको व्यवस्था नहुँदा पर्यटकलाई समस्ती हुने गरेको उनको बुझाइ छ ।

‘भारतीय बाटो भएर आउने भारत, भुटान, बङ्गलादेशलगायत देशका पर्यटकलाई केही सकस छ । नेपाली र नेपाली बाटो प्रयोग गरी यहाँ पुग्ने पर्यटकलाई भने यात्रा जोखिमपूर्ण नै छ,’ अध्यक्ष खड्काले भने ।

यो क्षेत्रमा दुर्लभ चरा र जनावर पाइने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँका रुपमा रहेको चरा खोजकर्ता देवेन खरेलले बताए । ‘दुई वर्षअघि मैले यहाँ सीमधापमा रुसुप नेक्ड हर्नबिल ९नेपाली नाम हङ्रायो० फेला पारेको थिएँ,’ उनले भने, ‘लोप भएको चरो एक सय ९२ वर्षपछि २०७८ पुस ६ गते फेला परेको थियो । अझै पनि यो घना जङ्गलमा थुप्रै चरा भेटिन्छन् । केही दिन बास बसेरै खोज्नुपर्छ ।’

सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा ओझेलिएको पर्यटकीय क्षेत्रलाई उजागर गर्न ठूलो संख्यामा पदयात्रा आयोजना गरिएको सङ्घका नगर कमिटी अध्यक्ष उदय हाङ फागोले बताए । ‘यो क्षेत्र विकास निर्माणमा पछि परेको छ । प्रचारप्रसार र पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्धन हुन सकेको छैन । यहाँ अथाह सम्भावना छन्,’ उनले भने, ‘हामीले स्थानीयस्तरका सबै दल र तिनका सङ्घठनको साथ पायौँ । यो कार्यक्रम सबैको साझा प्रयासमा आयोजना भएको हो । हाम्रो यो प्रयास थुम्केको मुहार फेर्न पहिलो खुड्किलो बन्नेछ ।’

थुम्केबाट दुई घन्टाको पैदल यात्रामा भारतीय सीमाक्षेत्र लामिधुरा पुगिन्छ । पदयात्रीले त्यहाँ पुगेर राष्ट्रिय झन्डा फहराएर ‘रातो र चन्द्र सूर्य जङ्गी निसान हाम्रो’ गीतसमेत गएका छन् । सबै जातजातिको साझा बसोबास भएको ठाउँ भएकाले सूर्योदय–१ संस्कार, संस्कृतिमा धनी रहेको वडाध्यक्ष राजकुमार सेरेङले बताए । उनका अनुसार यहाँ थामी, लिम्बू, राई, ब्राह्मण, क्षेत्री, दलित समुदाय, लोपोन्मुख जाति लेप्चासमेतको बसोबास छ ।

वडाध्यक्ष सेरेङले भने, ‘मकर्जुङ्गको सिंहवाहिनी मन्दिर, गोर्खेको राम मन्दिर, बाङ्गिनमा थामी जातिको भुमेथान, साकेला मन्दिरलगायत आआफ्नै जातिका फरक देवालय छन् । सहिष्णुता र सामाजिक सदभावमा हामी अगाडि छौँ ।’

पदयात्राक्रममा समथर मकर्जुङ्ग गाउँको सिंहवहिनी मन्दिर र सप्तऋषि, सिमधापको नागमन्दिर, बाङ्गिनको सेडुप छ्यारछोलिङ गुम्बा, चुम्लुङ, मिलनचोक, चियाबारी डाँडा (मगरगाउँ), भुमेथान, थुम्के, लामिधुरा भएर गोर्खेको देवी मन्दिर, राममन्दिर र यहाँको ऐतिहासिक महत्वका बारेमा जानकारी दिइएको युवा सङ्घ नगर कमिटी उपाध्यक्ष प्रमोद सापकोटाले जानकारी दिए ।

पदयात्रीलाई विभिन्न टोलले विभिन्न जातजातिका झाँकी प्रदर्शन गरेर खाँदा माला र अबिरले स्वागत–सत्कार गरेका थिए । उनीहरूले यति ठूलो संख्यामा यात्रा गराएर पर्यटन प्रवर्धनमा टेवा दिएको भन्दै युवा सङ्घलाई धन्यवाद दिएका छन् । पालिका पेज

TOP