कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

‘दसैंमा बुढापाकासँग टीका लगाएर आर्शिवाद नलिनू’

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
‘दसैंमा बुढापाकासँग टीका लगाएर आर्शिवाद नलिनू’


काठमाडौं : सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रा।डा। जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरेका हुन्।

धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ प्रवक्ता गौतमले भने बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ। त्यस्तै प्रवक्ता गौतमले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्।

तपाइँ हामीले आफ्नो पाका सदस्यहरुसँग आर्शिवाद लिने क्रममा संक्रमण सारेर के दुर्घटना त निम्त्याउने योजनामा छैनौं ? प्रवक्ता गौतमले भने ुत्यसो नगरौं, समयमै सचेत बनौं ।

त्यस्तै उनले दसैंमा भीडभाडमा गएर किनमेल नगर्न भनेका छन्। ुदसैंमा भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सरसमानको उपयोग गरी पुरानै लुगा लगाउँु उनले भने घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।

नेपालमा कोरोना संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्।

गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । अन्नपूर्ण पोष्ट बाट

TOP