कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

जाजरकोट दुर्घटना अपडेट : शव उठाउन गाउँलेको अवरोध

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
जाजरकोट दुर्घटना अपडेट : शव उठाउन गाउँलेको अवरोध


जाजरकोट( जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भएको जीप दुर्घटनामा परेका ६ जनाको शव उठाउन गाउँलेले अवरोध गरेका छन् ।

बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।

बेपत्ता भनिएका छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको परिचान खुलेको छ । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए ।

शव निकाल्न आएका प्रहरीलाई स्थानीयवासीले अवरोध गरेका हुन् । मापदण्डविपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै शव निकाल्न नदिएको प्रहरीले जनाएको छ ।

जुनिचाँदे–१ लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडक ठेकेदारको लापर्वाहीका कारण मापदण्डविपरीत निर्माण भएको स्थानीयको आरोप छ । पटक–पटक सो सडक मापदण्डविपरीत निर्माण भएको आवाज उठे पनि सरोकारवालाको नसुन्दा दुर्घटना बढेको उनीहरूको गुनासो छ ।

केही महिनाअघि पनि सोही ठाउँमा जीप दुर्घटना हुँदा मानवीय क्षति भएको थियो ।

सदरमुकामबाट बुधबार राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको थप टोली पठाएको भए पनि स्थानीयवासीको अवरोधका कारण सुरक्षाकर्मी नजिक जान नसकेको प्रहरीको भनाइ छ ।

मापदण्ड विपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए ।

‘अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जीप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो’, गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले भने, ‘पटक–पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो ? जनप्रतिनिधिभन्दा ठेकेदार बलियो भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।’

भर्खरै मात्र जुनिचाँदे गाउँपालिकाको केही भागमा सडक सञ्जाल जोडिएको छ । जिल्लाका अधिकांश ठाउँमा डोजर चालकलाई नै इञ्जिनीयर झैँ मानेर सडक खनिदा दुर्घटना बढ्दै गएको स्थानीयको गुनासो छ ।

जथाभावी खनिएका सडकमा नियमनकारी निकायले ध्यान नदिँदा अझै कति दुर्घटना हुन्छन् भन्न नसकिने कावाध्यक्ष आचार्यले जानकारी दिए ।

भर्खरै मात्र साधारण बाटो सञ्चालन भएको यो सडकखण्डमा सडकको गुणस्तरलाई ध्यान नदिँदा समस्या हुँदै आएको छ ।

पसलमा आगजनी

चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजानी गरेका छन् । पीडितले अझै घटनास्थलमा प्रहरीलाई जान नदिएको डिएस्पी श्रेष्ठले जानकारी दिए ।

जनप्रतिनिमाथि आक्रमणको प्रयास भएका कारण घटनास्थल जान नसकिएको कावाध्यक्ष आचार्यले जानकारी दिए । खबर हब

TOP