कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान, सतर्क रहन आह्वान

  • प्रकाशित मितिः November 17, 2025
  • हाम्रो पालिका
शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान, सतर्क रहन आह्वान

इलाम । आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ ।

अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको र रातिदेखि भारी वर्षाको सम्भावना रहेको शाक्यले बताइन् ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

राति प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यो क्रम कम्तिमा आउँदो शुक्रबारसम्म कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ

TOP