जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

इलाम नगरपालिका ५ का सडक स्तरोन्नती हुँदै

  • प्रकाशित मितिः November 4, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिका ५ का सडक स्तरोन्नती हुँदै

गोपाल निरौला

इलाम नगरपालिका ५ नम्बर वडा कार्यालयले सडक स्तरोन्नतीलाई प्राथामिकता दिएको छ ।वडा भित्रका मुख्य सडकलाई नाली पेटी सहित ग्रावेल गर्ने वडा कार्यालयले योजना बनाएको छ ।जसअनुसार अहिले विभिन्न सडकको काम सुरु भईसकेको वडाअध्यक्ष काजी बहादुर श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार दूध चिस्यान केन्द्र हुँदै मालबासे मुलाबारी हुँदै पुवाखोलासम्मको सडक स्तरोन्नतीको काम भइरहेको छ ।पक्की नाली पेटीसहित यो सडकलाई ग्रावेल गर्ने योजना छ ।यस्तै विब्ल्याँटे बजारबाट रुलुक जाने सडकको लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।यो सडक मर्मतका लागि कर्लभट निर्माण र ग्रावेल गर्ने काम भइरहेको छ ।चुरेघाँटीदेखी तोरीबारी हुँदै पुवाखोला जाने सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।हाल यो सडकलाई चौडा गर्ने काम भइरहेको छ । इलाम नगरपालकिा वडा नम्बर ५मा साना ठूला गरी ६१ वटा सडकहरु संचालनमा छन्। प्राथमिकता र मापदण्डका आधारमा सबै सडकहरु क्रमशः नाली पेटी सोलिङ र ग्रावल सहित स्तरोन्नति गर्ने गरी ९वटा निर्माण समितिले काम गरिरहेको छ ।सबै सडकलाई बार्है महिना कसरी संचालन गर्ने भन्न्ेबारेमा आफूहरु चिन्तित रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।साथै अवको आर्थिक विकास कृषि पर्यटनलार्ई ध्यान दिदै अर्गानिक कृषिमा जोड दिन प्राङ्गारिक मल उत्पादन गरीने उहाँले बताउनुभयो ।

TOP