कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामका केही स्थानमा विस्फोटको आवज

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलामका केही स्थानमा विस्फोटको आवज


इलाम : इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट गराइएको छ। तर, मतदानमा त्यसले कुनै असर नगरेको र मतदान जारी रहेको प्रहरीले जनाएको छ।

मतदान चलिरहेकै बेला केही तल अम्ब्रीसोबारीमा विस्फोटको ठूलो आवाज आएको थियो। माटोमुुनि पुरेको अवस्थामा रहेको वस्तु पड्किएको तर कुनै क्षति नभएको निर्वाचनमै खटिएका एक पर्यवेक्षकले जानकारी दिए।

प्रहरीले नियतबस विस्फोट गराइएको देखिए पनि मतदानमा कुनै असर नभएको बताएको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले कसैले तर्साउन विस्फोट गराएको हुनसक्ने भएपनि मतदान शान्तिपूर्ण रूपमा चालु रहेको बताए। बिहान ९ बजेतिर यहाँ विस्फोट भएको थियो। विस्फोटस्थलमा अरू वस्तुसहित पड्किएको मोबाइलसमेत फेला परेको छ।

इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक गराइएको विस्फोट । यस्तै चुलाचुलीमा समेत ठूलो आवाजमा बिस्पोर्टको आवज आएपनी के हो भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ ।

TOP