जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा

  • प्रकाशित मितिः October 29, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा

फिक्कल: बिश्व वातावरण दिवको अवसरमा इलामको सूर्योदय नगरपालिकाका दुईवटा वडालाई वातावरणमैत्री वडा घोषणा गरीएको छ ।
लामो समय लगाएर नगरपालिकाले आवश्यक सूचक पुरा गरेपछि नगरको वडा नं.८ र ९ लाई बिश्व वातावरण दिवको अवसरमा बिहिबार वातावरणमैत्री वडा घोषणा गरीएको हो ।
दुईवटै वडामा बिशेष कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राई र सूर्योदयका नगर प्रमुख रण बहादुर राईले वडालाई वातावरणमैत्री नगर घोषणा गरीएको प्रमाणपत्र हस्तान्तरण गर्दै वातावरणमैत्री वडा घोषणा गर्नु भयो । वातावरणमैत्री वडा घोषणाका ३२ सूचक रहेका छन । जस मध्ये ७० प्रतिशत यी दुई वडाले पुरा गरेका छन ।


वातावरण मैत्री वडा घोषणा गर्नका लागि नगरले सूर्योदय नगरपालिकाको वातावरणमैत्री स्थानीय शासनसम्बन्धी कार्यविधि २०८० निर्माण गरी काम थालेको थियो । दुई बर्ष भित्रमा फोहोर ब्यवस्थापन, बिक्षा रोपण, प्लाष्टिक न्यूनीकरण, वातावरण शिक्षा संचालन, पानीका मुहान संरक्षण, पानीको परीक्षण, घर करेसाबारी र सार्वजनिक स्थलमा फलफुलका बिरुवा रोपण तथा बोटबिरुवा लगाउने, प्रकोप न्यूनीकरण तथा पूर्व तयारी समिति गठन ,बैकल्पिक उर्जा ब्यवस्थापन लगायतका ७० प्रतिशत आधारभूत र परिस्कृत सूचक सूचक पुरा गरी वातावरणमैत्री वडा घोषणा गरीएको नगरका प्रशासकीय अधिकृत लुना खतिवडाले जानकारी दिनु भयो । वडा नं. ८ मा भएको कार्यक्रममा वडाध्यक्ष जंग गुरुङले लामो समय लगाएर वडालाई वातावरणमैत्री बनाउन काम थरीएको जानकारी दिनु भयो । नगरले शुरुमा दुईवटा वडालाई वातावरणमैत्री बनाए पनि वाँकी १२ वटै वडामा यो अभियान संचालन गरीने भएको छ । नगर प्रमुख रण बहादुर राईले वडामा रहेका टोल बिकास संस्थाको सहयोगमा मात्र वातावरणमैत्री वडा घोषणा गर्न सफल भईएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘सबै भन्दा पहिला घर वातावरणमैत्री बन्नु पर्छ अनि वडा हुदै नगर वातावरणमैत्री बन्ने छ।’ नगर प्रमुख राईले वाँकी रहेका ३० प्रतिशत सूचक पुरा गर्न तत्काल काम थाल्नु पर्ने बताउनु भयो । वडा नं. ८ मा १८ वटा र वडा नं. ९ मा १३ वटा टोल बिकास संस्था सक्रिय रहेका छन्।
जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईले जलबायु परिवर्तनले सबै क्षेत्रलाई गाजेको अवस्थामा सूर्योदयले वातावरणमैत्री बन्नका लागि थालेको अभियान प्रशंसनीय रहेको बताउनु भयो । उहाले भन्नु भयो‘सूर्योदयले मात्र होइन , यस अभियान इलामका सबै पालिकाले संचालन गर्नु पर्छ ।’
सूर्योदयका उप प्रमुख दुर्गाकुमार बरालले दिगो बिकासका लक्ष्य संग वातावरणमैत्री वडा घोषणाका सूचक मेल खाने भएकाले सबै लागेर त्यसलाई कायम राख्न आग्रह गर्नु भयो । उहाले जनप्रतिनिधिले मात्र गरेर नहुने भएकाले यस्ता काममा सबै नगरबासी जुट्नु पर्ने बताउनु भयो ।
वडा नं. ९ मा भएको कार्यक्रममा वडाध्यक्ष देवेन्द्र शर्माले सूचक पुरा गर्नका लागि गरीएका काम र आगामी योजना बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वातावरणमैत्री वडा घोषणा भएका वडाका प्रत्येक वडामा स्टीकर टाँस गरीने छ र त्यसबाट नगरका प्रत्येक कुरा थाहा पाउन सकिने छ । वडाले स्थानीय साधन स्रोतको परिचालन, फोहोरमैला ब्यवस्थापन र सुधार, हरियाली प्रवर्धन, खानेपानी तथा सरसफाई, वातावरणीय प्रविधि र नविकरणीय उर्जा प्रवर्धन, बिपद ब्यवस्थापन, कृषि तथा जैविक खेती , जनचेतना तथा समुदाय सहभागिता सम्बन्धी काम वडाले गरेको नगरको बन वातावरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख चित्रकला बराईली , नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई, नेपाली काग्रेस सूर्योदय नगर सभापति जिवन कुमार नेपाल, नेकपा एसका नगर अध्यक्ष कमल गदाल लगायतको सहभागित रहेको थियो ।
वडाहरुले अव पारिस्थितिक पर्यटन प्रवर्धन गर्ने , बिद्यालयमा इको क्लब गठन गर्ने एक घर एक बिरुवा जस्ता कार्यक्रम संचालन गरीने छ । सूर्योदयले यस अघि नै नगरलाई वालमैत्री नगर घोषणा गरीसकेको छ । कोशी प्रदेश सरकाले पर्यटकीय नगरी घोषणा गरेको नगरले नगरलाई वातावरणमैत्री र पोषणमैत्री नगर घोषणा गर्ने तयारीमा छ ।

 

 

 

 

TOP