जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलामको ठुलो टुडिखेलमा आधुनिक रंगशाला निर्माण हुने

  • प्रकाशित मितिः October 19, 2025
  • हाम्रो पालिका
इलामको ठुलो टुडिखेलमा आधुनिक रंगशाला निर्माण हुने

इलाम : नेपाली सेनाको स्वामित्वमा रहेको इलामको ठुलो टुडिखेलमा आधुनिक रंगशाला निर्माणका लागि डिपिआर निर्माणको काम सम्पन्न भएको छ । इलाम सदरमुकाम स्थित ठूलो टुडिखेललाई आधुनिक रंगशालाको रुपमा निर्माण गर्ने योजनाका साथ डिपिआरको काम सम्पन्न भएको हो ।
इलाम नगरपालिकाको तर्फबाट नगर प्रमुख केदार थापा र नेपाली सेना बिच भएको समझदारी बमोजिम इन्जिनियर सुरेशकुमार नेम्वाङ्गको प्राविधिक सल्लाह अनुसार डिपिआरको काम भएको थियो । टुडिखेल निर्माणको डिपिआर जर्सा ईन्जिनियरीङ्ग कन्सल्टेन्सी काठमाडौद्वारा तयार गरेको छ । निर्माण भएको डिपिआर बमोजिम संघिय बजेट मार्फत आगामी आ व २०८०र८१ बाट आधुनिक रङ्गशाला निर्माणको काम हुने इलाम नगर प्रमुख केदार थापाले बताए ।

TOP