कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको रोङ गाउँपालिकामा बिद्युत सेवा ब्यवस्थापनको पहल

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको रोङ गाउँपालिकामा बिद्युत सेवा ब्यवस्थापनको पहल

गोबिन्द पौडेल


नागरिकहरुको लागि आधारभुत आवश्यक्ता बनेको बिद्युत बिस्तार र ब्यवस्थापनलाई चुस्त बनाउन रोङ गाउँपालिकाले बिशेष पहल शुरु गरेको छ । गाउँपालिका भित्र पूर्ण र सुरक्षित बिद्युत बिस्तार र बितरण गराउन चालु आर्थिक बर्षमा सबै काठेपोल बिस्तापन र टान्सफर्मरको संख्या थपेर स्तरीय सेवा दिन गाउँपालिका निरन्तर प्रयासमालागेको हो ।
पूर्ण बिद्युतीकरण परियोजना अन्तरगत अधुरो योजना पुरा गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष बिण्णुमाया खवासले जानकारी दिनु भयो । क्षमता अनुसारको टान्सफर्मर जडान साथै असुरक्षित काठेपोल रहेको बिबरण संकलन गरिने भएको छ । आवश्यक तथ्यांक सकलन गरि पालिकाले निर्माण गर्ने एकिकृत योजना निर्माण गरी सबै वडालाई आवश्यक पत्रचार गरिएको पालिकाले जनाएको छ ।
कृषिमा निर्भर गाउँपालिकामा दुग्ध चिस्यान केन्द्र,गुन्द्रुक उत्पादन जस्ता साना उध्योगमा सहज बिद्युत आपूर्ती गरेर लागत घटाउन नियमित बिद्युत सेवा प्रवाहको आवश्यक्ता रहेकोले आधारभूत सेवा र आर्थिक समृद्धीकोसुरक्षित र स्तरीय बिद्युत सेवालाई प्राथमिकता गाउँपालिकाले दिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।
गाउँपालिकामा हाल आधा दर्जन जति टान्सफर्मर र ६ सय जति फलामे पोल थप्नु पर्ने अनुमान गरिएको भएपनि डिटेल सर्बे गर्ने काम भैरहेको र ठेक्का प्रक्रियामा समेत गैसकेको जनाईएको छ ।

TOP