जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

  • प्रकाशित मितिः April 9, 2026
  • हाम्रो पालिका
सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

फिक्कल: सूर्योदय नगरपालिकामा नगर स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । तीन दिन सम्म संचालन हुने प्रतियोगिता सूर्योदय १२ को करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयको खेलमैदानमा शुरु भएको हो । नगर क्षेत्रका १८ वटा बिद्यालयका बिभिन्न बिद्याका सात सय बढी बिद्यार्थी सहभागी प्रतियोगिताको उद्घाटन सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालले गर्नु भयो । प्रतियोगिताको उद्घाटन गर्दै कार्यबहाक नगर प्रमुख बरालले खेलकुदको बिद्यार्थीको चौतर्फी बिकासमा सहयोग पुग्ने बताउनु भयो । उहाले स्थानीय स्तरबाट छनौट हुदै गएका बिद्यार्थीले राष्ट्रिय , अन्तराष्ट्रिय स्तरमा पुगेर ब्यवसायिक खेलाडी बन्न सक्ने बताउनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइरालाले खेलकुद क्षेत्रको बिकासको जगका रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अगाडी बढेको बताउदै खेलकुदले बिद्यार्थीमा अनुसासित बनाउने बताउनु भयो ।
जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामिण क्षेत्रमा संचालन गर्न थालिएपछि पालिका स्तरमा प्रतियोगिता प्रतिष्पधात्मक बनेको बताउनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराई , करफोक बिद्या मन्दिर माध्यमिक बिद्यालयका प्रधानाध्यापक गणेश प्रसाद आचार्य लगायतले आफनो धारण राख्नु भएको थियो । कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार शेरेङ, वडा नं. ७ का वडाध्यक्ष लोक बहादुर चाम्लिङ ,वडा नं. ८ का वडाध्यक्ष जंग गुरुङ, वडा नं. ११ का वडाध्यक्ष सन्तोष राई , वडा नं. १२ का वडाध्यक्ष डोलेन्द्र भारध्वज , जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख योगेश चाम्लिङ लगायतको सहभागिता रहेको
शिक्षा युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत नविनराज पौडेलका अनुसार आज आठ इभेन्टका खेल र मार्सल आर्ट तर्फ उसु बिद्याका खेल सम्पन्न भएका छन । प्रतियोगिता अन्र्तगत वाँकी खेल भोली र पर्सी हुने सूर्योदय नगरपालिकाका खेल प्रशिक्षक प्रदिप शैजुले जानकारी दिनु भयो । प्रतियोगिताको उद्घाटनको अवसरमा बिभिन्न बिद्यालयले मार्चपास तथा एनसीसी टोलिले मार्चपास गरेका थिए । मार्चपासमा पंचकन्या बोडिङ स्कुल प्रथम भएको छ भने मार्चपासमै एभरल्याण्ड एकेडेमीको एनसीसी टिम उत्कृष्ठ भएको छ ।
प्रतियोगिताको निर्णायकमा बिभिन्न बिद्याका प्रशिक्षकहरु रोहित भटराई ,खेम थापा ,राजन प्रधान, नरबबहादुर खवास , बुद्धिराज खवास लगायत रहनु भएको छ ।
यस पटक १६ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता समेत सूर्योदय नगरपालिकामा चैत्र पहिलो साता सम्पन्न हुने छ ।

 

TOP