अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात

  • प्रकाशित मितिः January 11, 2026
  • हाम्रो पालिका
पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात

लक्ष्यको झन्डै एक अर्ब कम हुने गरी सात अर्ब ५१ करोड राजस्व संकलन चालू आर्थिक वर्ष ०८१र८२ को ६ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट २३ अर्ब १२ करोड ६५ लाख ४८ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा १३ अर्ब ८४ करोड चार लाख ३९ हजारा रुपैयाँको निर्यात भएको कार्यालयले जनाएको छ ।

मेचीका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले आयात–निर्यात व्यापारबाट ६ महिनामा सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व संकलन गरिएको जानकारी दिए । संकलित राजस्व लक्ष्यभन्दा करिब एक अर्ब कम हो । मेची भन्सारलाई चालू आवको ६ महिनामा आठ अर्ब २३ करोड ५३ लाख ४५ हजार राजस्व संकलनको लक्ष्य दिइएको थियो  ।

गत आर्थिक वर्ष ०८०र८१ को यही अवधिमा भने २१ अर्ब १७ करोड २३ लाख ३४ हजारको आयात र १२ अर्ब ६० करोड ६ लाख २९ हजारको निर्यात भएको थियो भने ६ अर्ब ७७ करोड ३० लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको मेची भन्सारले जनाएको छ ।
मेची भन्सारबाट भारत, बंगलादेश, भुटान, अमेरिका, रसिया, जर्मनी, क्यानडा, चीन, पाकिस्तान, नेदरल्यान्डलगायतका देशसँग धेरै वैदेशिक व्यापार हुने गरेको छ ।

बंगलादेश र भुटानसँग पनि व्यापार घाटा
बंगलादेशसँग पूर्वीनाकाबाट मात्रै व्यापार हुने गरेको छ । तर, बंगलादेशसँग नेपालको व्यापारमा ठूलो असन्तुलन छ । ६ महिनामा बंगलादेशसँग नेपालको व्यापार घाटा झन्डै दुई अर्ब छ । बंगलादेशबाट दुई अर्ब ११ करोड ५२ लाख ५१ हजारको सामग्री आयात हुँदा २९ करोड ९१ लाख २१ हजारको मात्र निर्यात भएको छ ।

त्यस्तै, भुटानसँगको व्यापार पनि घाटा छ । एक करोड ३७ लाख ३८ हजारको निर्यात हुँदा ६७ करोड २५ लाखबराबरको वस्तु तथा सेवा भुटानबाट आयात भएको छ ।

पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात
पूर्वीनाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । चुँडालका अनुसार नौ अर्ब २५ करोड ४२ लाख ८९ हजार रुपैयाँको पेट्रोलियम आयात भएको छ । त्यसपछि जुट, तरकारी, मेसिनरी तथा पार्टपुर्जा, दलहन, खनिज पदार्थ, यातायातका साधन र पार्टपुर्जा, प्लास्टिकको कच्चा पदार्थ, फलाम, विद्युतीय उपकरण धेरै आयात हुने गरेको मेची भन्सारले जनाएको छ ।

सबैभन्दा धेरै साढे चार अर्बको अलैँची निर्यात
पूर्वीपहाडी जिल्लाका किसानले उत्पादन गर्दै आएको ‘कालो सुन’ अर्थात् अलैँची मेची भन्सारबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पर्छ । ६ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँबराबरको २६ लाख ६८ हजार केजी अलैँची निकासी भएको मेची भन्सारले जनाएको छ । त्यस्तै, दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँको चिया निर्यात भएको छ ।

प्लाइउड, फलामे पत्ता, अम्रिसो, कुकुर तथा बिरालोको खाना, सिमेन्ट तथा क्लिंकर, अदुवा, सुठो, भेनियर सिट, काउली, बन्दागोपी, ब्रोकाउलीलगायत पनि धेरै निर्यात हुने वस्तुमा पर्छन् ।

राजेन्द्रप्रसाद चुँडाल, प्रमुख भन्सार अधिकृत, मेची भन्सार कार्यालय मेची भन्सारबाट चालू आवको ६ महिनामा सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व संकलन भएको छ । २३ अर्ब १२ करोडको आयात र १३ अर्ब ८४ करोडको निर्यात भएको छ । भुटान र बंगलादेशसँगको व्यापारसमेत असन्तुलनमा छ । नयाँ पत्रिका दैनिकमा चिरञ्जीवी घिमिरेले लेख्नु भएको समाचार साभार

TOP