जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै


नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ ।

‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयास’ लोगो अंकित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

“कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उहाँले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताउनुभयो ।

स्वास्थ्य, वातावरणीय, पर्यावरणीय लगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने बताउनुभयो । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनियता बढ्ने प्रमुख अधिकारी बताउनुहुन्छ ।

“कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वसन आर्जन गर्न सकेको थिएन”, उहाँले भन्नुभयो, “लोगो कार्यान्वयन आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।” विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

भोलि (मंगलबार) कृषि मन्त्री घनश्याम भूषालले चियाको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा इलामको सूर्योदय नगरपालिकाको सभाहलमा हुने कार्यक्रममा मन्त्री भूषालले लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताउनुभयो ।

TOP