इलाम नेबिसंघ स्ववियु निर्वाचन केन्द्रीत हुँदै – Hamropalika
जीवनशैली सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर पालिका विशेष सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर अर्थ वाणिज्य सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई पालिका विशेष करेन्ट लागेर माई नगरपालिकाका शक्तिकुमार राईको मृत्यु प्रदेश रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप
Hamropalika menu advertisement

इलाम नेबिसंघ स्ववियु निर्वाचन केन्द्रीत हुँदै

  • प्रकाशित मितिः May 17, 2024
  • hamro_palika

फिक्कल: नेपाल बिद्यार्थी संघ इलामले बिभिन्न निर्णय गर्दै तदर्थ समितिको पहिलो बैठक सदरमुकाममा आज सम्पन्न भएको छ । संघका अध्यक्ष टिकाराम पुरिको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियू निर्वाचनलाई मध्यनजर गर्दै संघका जिल्ला उपाध्यक्ष प्रकाश तामाङ्गको संयोजकत्वमा स्वबियू कार्यदल गठन गरेकोे छ । यस्तै संघको बिभिन्न बिभागहरु ग्ठन गरेको छ । दिपिका ढुंगानको संयोजकत्वमा प्रशिक्षण बिभाग, अतिरिक्ति क्रियाकलापको संयोजकत्वमा सुशिल राई, साहित्य तथा सांस्कृतिक बिभागको संयोजकत्वमा कृष्ण पाठक, खेलकुद बिभागको संयोजकत्वमा मुकेश राई रहेका छन् । यस्तै संघले माघ महिनासम्म संगठन बिस्तार गर्ने भएको छ । बिद्यालयमा एकाइ गठनलाई माघ २२ गतेबाट अभियान चाल्ने भएको अध्यक्ष पुरिले बताउनुभयो । संघको पालिका स्तरीय संयोजकहरु समेत तोकेको छ । बैठकबाट संगठन बिस्तारका लागि संघले खटाएको आधिकारीक प्रतिनिधिलाई मात्र मान्यता दिने निर्णय समेत गरेको छ । संघले इलामले छिमेकी पाच जिल्ला पाचथर, ताप्लेजुङ्ग, झापा, मोरङ्ग र सुनसरीसंग सहकार्य गर्दै स्वबियू निर्वाचनमा इलामबाट यि जिल्लाका क्याम्पसमा पढ्दै गरेका संघका बिद्यार्थीले प्रतिनिधि हुन पाउनुपर्ने निर्णय समेत गरेको छ । यस्तै संघको जिल्ला सम्पर्क समिति समेत बनाउने निर्णय गरेको छ । यस्तै संघले पालिका , प्रदेश र जिल्ला अबिधेशनको पनि तयारी समेत थालेको बताइएको छ ।

TOP