फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा बिश्वमै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’नामको चराको जोडी भेटएको छ ।अगस्ट ४ देखि शुरु भएको ध्वासे चितुवा दिवको अवसरमा एक साता लामो बर्खाका चरा अवलोकन गर्ने क्रममा झापाका वाइल्ड लाईफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाईटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा बिश्वमै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’नामको चराको जोडी क्यामेरामा कैद गर्नु भएको हो ।
उल्लु परिवार भित्रको बैज्ञानिक नाम ‘हिमालयन वुड आउल ’भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाईफ फोटोग्रफर खरेलले जानकारी दिनु भयो ।भारत , पाकिस्थानको पश्चिमी हिलाम हुँदै नेपाल , भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चिन, कोरिया र ताइवानका केहि भागमा उक्त चरा पाईने गरीएको फोटोग्राफर खरेलले जानकारी दिनु भयो । नेपालमा उक्त चरा दुर्लभ रुपमा मात्र देखिने गरीएको छ । नेपालको मध्य देखि उच्च पहाडी वन क्षेत्रमा स्थाई रुपमा उक्त चरा पाइने गरीन्छ ।
उक्त चरा लगभग एक हजार मिटर देखि तीन हजार छ सय मिटरको उचाईमा सल्ला, लोठ सल्ला,र गुराँसको बनमा पाइने गरीएको चराको खोजकर्ताले दिएको जानकारीमा उल्लेख छ । यस पटक थुम्केरानी क्षेत्रको दुई हजार तीन सय ५० मिटरको उचाईमा उक्त चरा पाइने अभिलेख राख्न सफल भएको कोशी बर्ड सोसाईटीका पूर्व अध्यक्ष तिम्सिनाले जानकारी दिनु भयो ।
कानको झुप्पा नदेखिने , गोलो टाउको भएको, खैरो र सेतो छरिएको अनुहार , खैरो शरीर , सेतो पेटमा पातलो खैरो धर्सा र पंखमा बार उक्त चराको शरिर रहेको हुन्छ । बाहिरी रुपमा मलाहा हुचिल जस्तो टाउकोको रुप देखिए पनि रङ र आवाजमा फरक हुन्छ । गहिरो दुई नोटको हू–हू शैलीको स्वर जोडीले एक आपसमा उत्तर दिने प्रकारले निकाल्ने गरेको पाइन्छ । उक्त चरा साँझ र राती सक्रिय रहने गरेको र यी चराले मुसा , भ्यागुता , साना चरा , रातका पुतली र ठूला किरा आहार गर्ने गरेको फाटोग्राफर खरेलले जानकारी दिनु भयो। उक्त चराले हिउदको अन्त्य देखि बसन्त ऋतु सम्म प्रजनन गर्ने गरेको पाइन्छ । रुखका खोच वा ढुंगाको पाmटमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ ।
बिश्वब्यापी रुपमा उक्त चरा स्वस्थ बनमा आश्रित रहेकाले बनबिनास लगायतका कारण बासस्थान टुक्रिदै जादा बिश्वमै दुर्लभ बन्दै गएको पाइन्छ ।
वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडिले यस पटक बर्खे चरा खोजने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातीका चरा फेला पारेको पाइएको छ । ‘बिश्वमै दुर्लभ बन्दै गएको सयौ प्रजातीका चरा यहाँका बनजंगमा छन तर संरक्षणको अभावमा मासिने अवस्था रहेकाले संरक्षण गर्न जरुरी छ’ खरेलले भन्नु भयो ।