कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा आगामी १७ गते शनिबार बृहत साकेला प्रदर्शनी गरिने भएको छ ।किरातीहरुको उभौली पर्वको अवसरमा आफनो संस्कार, संस्कृतिको संरक्षणका लागि किरात राई यायोक्खा सूर्योदय नगर कार्य समितिको आयोजनामा जिल्लाका ३० बढी समुहले साकेला प्रदर्शनी गर्ने भएका हुन ।
साकेला प्रदर्शन समितिका आर्थि समिति संयोजक जय कुमार राईले उक्त प्रदर्शन तयारीका लागि अहिले सूर्योदय नगरपालिकाका १४ वटै वडामा प्रशिक्षणको काम भैरहेको जानकारी दिनु भयो । उहाका अनुसार किरात समुदायको १५०० बढी शिली जिवित भए पनि उक्त दिन दुईवटा शिसी प्रदर्शन गरीने छ । उक्त कार्यक्रममा च्याब्रुङ शिली, दुम्सी नृत्य, तामाङ शेलो प्रदर्शन गर्ने तयारी भएको संयोजक राईले जानकारी दिनु भयो । राईले भन्नु भयो ‘लिपी , कला , संस्कार संस्कृति संरक्षण संगै पाश्चात्य संस्कृतिको आक्रमण रोक्नका लागि यो कार्यक्रम गर्न लागिएको हो ।’कार्यक्रममा पाँच लाखको हाराहारीमा खर्च लाग्ने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा जिल्ला भरका किरात समुदायका ३० बढी समुहले साकेला पदर्शन गर्ने गरी तयारी भैरहेको कार्यक्रमका संयोजक गौरव चाम्लिङले जानकारी दिनु भयो । उहाले किरात समुदायमा जंगली, सिकारी र कृषि युग रहेको जानकारी दिदै यी परम्परा जोगाउनका लागि कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो ।
किरात राई यायोक्खा सूर्योदय नगर कार्य समिति अध्यक्ष कलिका राईले देश बिदेशमा रहेका दाताको आर्थिक सहयोग र सूर्योदय नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरीने जानकारी दिनु भयो । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गाकुमार बरालले बिभिन्न जातजातीका संस्कार , संस्कृति जोगाउन लाग्नु पर्ने बताउदै सिंगो समाज पश्चिमी संस्कृतिको प्रभावमा परेकाले त्यसलाई रोक्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले यस्ता संस्कार संस्कृति जोगाउने काममा नगरले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा हजारौको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

 

TOP