कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै

फिक्कल:  इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा माने क्याम मिनि मेला लाग्ने भएको छ । माने क्याम कर्नर क्लब फिक्कलको आयोजनामा भोली बैशाख ३१ गते देखि जेठ १५ गते सम्म संचालन हुने गरी माने क्याम मिनि मेला प्रथम संस्करण २०८२ लाग्ने भएको हो ।
कन्दुक स्र्पोट हव (फुटसल)मा लाग्ने मेलामा स्थानीय जातजातीका खानाका परिकार सहित , मिनि मेला र राष्ट्रिय स्तरका कलाकारको साथमा सांगीतिक प्रस्तुती रहने आयोजक माने क्याम कर्नर क्लबका अध्यक्ष राजेश सुनुवारले जानकारी दिनु भयो। मेलामा १ दर्जन बढी स्थानीय खानाका परिकारका स्टल राखीने आयोजकले जानकारी दिएको छ । खानाका परिकारमा वाचिपा, कोदोको परिकार, फापरको परिकार सहित स्थानीय जातजातीका झाकी तथा पोषाककको प्रदर्शनी गरीने छ । नेवारी समुदायको लाखे नाच सहित बिचिन्न जातजातीका झाकी प्रदर्शनीको तयारी गरीएको छ ।
आयोजकले मेला संचालनका लागि सूर्योदय नगरपालिका र जिल्ला प्रशासन कार्यालय इलामबाट अनुमती लिई सकेको जनाएको छ । प्रत्येक दिन साझ ४ बजे देखि १० बजे सम्म संचालन हुने छ । आयोजकले मेला संचालन गर्दा १५ लाख खर्च हुने जनाएको छ । उक्त मेला सूर्योदय १० को आदर्श आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिम र खेलकुद सामग्री सहयोग गर्ने तथा सूयोयले आयोजना गरीएको क्लबका अध्यक्ष सुनुवारले जानकारी दिनु भयो ।मेलामा रचना रिमल, प्रिती आले, एलिना चौहान, एन्जिला रेग्मी लगायतका कलाकारको साथमा सांगीतिक प्रस्तुती रहने छ ।

TOP