प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया

माईजोगमाई:  माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर ९एचपिभी० खोपसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका लागि कार्यक्रम सम्पन्न गरिएको थियो । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता तथा उपाध्यक्ष प्रविना राईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समय पाठेघरको मुखको क्यान्सर दिनानुदिन बढ्दो छ । यसको रोकथाम र महामारी नफैलियोस् भनेर ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ ।एचपिभी खोप महिलालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप हो । यो खोप निःशुल्क रूपमा लगाइँदैछ । इलाम जिल्लाका १० वटै स्थानिय तहमा माघ २७ देखि फागुन २ सम्म खोप कार्यक्रम सञ्चालन हुँदैछ ।

माइजोगमाईमा पहिलो चरणमा विद्यालय तहमा कक्षा ६ देखि १० कक्षा सम्मका किसोरीलाई र विद्यालयबाहिर १० देखि १४ वर्ष उमेरसमूहका किसोरीलाई खोप लगाइने अभियान रहेको स्वास्थ्य शाखा प्रमुख रामशंखर देवले जानकारी दिए ।एचपिभी खोप नेपाल सरकारको पहलमा चीन सरकारसँग भ्याक्सिन खरिद गरेर सञ्चालन हुँदैछ । पाठेघरको मुखको क्यानसरबाट हालसम्म नेपालमा ३ लाख ११ जनाको मृत्यु भइसकेको र पछिल्लो समय पाठेघरको मुखको क्यासर बढ्दो रूपमा रहेको देवले राजकारी दिए ।

उपाध्यक्ष राईले स्वास्थ्यलाई प्रमुख दायित्व मानेर स्वास्थ नै ठूलो धन मानेर पालिकाले अझ स्वास्थ क्षेत्रमा केही कार्यक्रम गर्नुपर्ने बताइन् । विशेषगरी महिलालाई धेरै रोगले सताउने र सबै महिलाले खुलेर बोल्न नसक्ने हुँदा महिलालाई खुलेर रोगको बारे बताउनसमेत उपाध्यक्ष राईले आग्रह गरिन् ।गाउँपालिका अध्यक्ष थेबेले स्वास्थमा आफैंले सुरक्षा अपनाउनुपर्ने बताए । सचेतना कार्यक्रम, प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए । पहिलो चरणमा जति लक्ष्य राखिएको छ, त्यो पूरा गर्न सहयोगका लागि सबैसँग उनले आग्रहसमेत गरेका छन् । माइजोगमाई गाउँपालिकाभरमा पहिलो चरणमा पाँच सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

TOP