कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

क्यान इलामको अध्यक्षमा पुन निरौला

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
क्यान इलामको अध्यक्षमा पुन निरौला

इलाम :  कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) इलामको १७ ‍औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा कुमार निरौला चयन भएका छन् । निरौलाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यमसिति सर्वसम्मत चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर भण्डारी र सचिवमा मंगेश खत्री चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा पनि पुन : युवराज थामी चयन भएका छन् भने सहसचिवमा अतित योङहाङ चयन भएका छन् । समितिको सदस्यहरुमा अनु राई, शुसिल कार्की, गीता निरौला र प्रकाश निरौला चयन भएका छन् ।

क्यान इलामका अध्यक्ष कुमार निरौलाको अध्यक्षता तथा क्यानका केन्द्रीय सचिव भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा क्यान इलामका संस्थापक अध्यक्ष भक्त थामीले क्यान इलामको विगत र वर्तमानको चर्चा तथा भविश्यमा क्यानको कार्यदिशाबारे मन्तव्यको रुपमा धारणा राखेका थिए ।

अधिवेशनमा केन्द्रीय सदस्य ठाकुर कुमार श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष रोशन दहाल र सुनसरी जिल्ला अध्यक्ष सन्देश राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम निवर्तमान सहसचिव मंगेश खत्रीको सञ्चालनमा भएको हो ।

TOP