अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

सूर्योदय १० का जेष्ठ नागरिकलाई रेडियो वितरण

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
सूर्योदय १० का जेष्ठ नागरिकलाई रेडियो वितरण

फिक्क्ल:  इलामको सूर्योदय नगरपालिका वडा नं १० का जेष्ठ नागरिकलाई रेडियो वितरण गरिएको छ । वडाको आर्थिक बर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकर र दलित लक्षित कार्यक्रम अन्तर्गत ८० वर्ष माथिका जेष्ठ नागरिक तथा ६० वर्ष माथिका दलित जेष्ठ नागरिकहरुलाई रेडियो वितरण गरीएको हो ।
१० नं. वडाका वडाध्यक्ष पेमा उगेन लामाका अनुसार टोल टोलमा वडाको सिंगो जनप्रतिनिधि र कर्मचारी टिम पुगेर रेडियो वितरण गरीएको छ ।सोमबार पहिलो दिन सूर्योदय नगरपालिका वडा नं १० स्थित कानकाइमाई टोल,साई प्रशान्ती टोल,संगम फिक्कल टोल,सुन्दर टोल,रत्नचोक टोल,मिलन टोल,नवयुवा टोल र सुम्निमा टोलमा रेडियो वितरण गरिएको छ ।
वडाध्यक्ष लामाले उक्त कार्यक्रम मार्फत रेडियो प्राप्त गर्नुहुने जेष्ठ नागरिकले मोवाइल प्रयोग गर्न नजान्ने भएकाले रेडियोबाट सूचना तथा मनोरञ्जनका सामग्री प्राप्त गर्न सहज भएको बताउनु भयो । उहाले रेडियो सूचनाको सहज माध्यम भएकाले काम गर्दै समेत सुन्न सकिने भएकाले रेडियोले समेत सहित सूचना प्रसारण गर्नु पर्ने बताउनु भयो । वडा सदस्य सरु गदालले बृद्धबृद्धाको सहरा रेडियो भएको बताउनु भयो।

TOP