Hamropalika menu advertisement

इलाम–२ को उपनिर्वाचनका लागि २० दल दर्ता

  • प्रकाशित मितिः April 23, 2025
  • हाम्रो पालिका
इलाम–२ को उपनिर्वाचनका लागि २० दल दर्ता

काठमाडौंः  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् । सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनका लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएको पनि जानकारी दिनुभयो ।गोरखापत्र अनलाईन

TOP