फिक्कल : भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ ।
कस्मेटीक आईटम , प्लाष्टिकका सामान, भाडा बर्तन , मोती माला गरी ९० हजार रुपियाँ बराबरको सामान बिहीबार बिहान इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पक्राउ गरेको हो ।
भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको सामान सूर्योदय नगरपालिका २ चारमाईलबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी पशुपतिनगर भन्सारमा बुझाईएको छ ।
प्रहरी निरीक्षक राईले लकडाउनको समयमा भन्सार छलेर सामान ल्याउने क्रम जारी रहेकाले सीमा क्षेत्रमा निगरानी बढाईएको बताउनु भयो ।