कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पशुपतिनगर–थुम्के पैदल यात्रा

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
पशुपतिनगर–थुम्के पैदल यात्रा

फिक्कल : विश्व पर्यटन दिवस २०२३ को अवसरमा सूर्योदय नगरपालिकाले सीमावर्ती पशुपतिनगर देखि गोर्खेको पर्यटकीय क्षेत्र थुम्के सम्मको पैदल यात्रा सम्पन्न गरेको छ । ग्रामिण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पशुपतिनगरबाट नगर प्रमुख रण बहादुर राईको नेतृत्वमा गएको टोलीले बिभिन्न पर्यटकीय स्थल हुँदै थुम्के सम्मको २२ किलो मिटर दुरीको यात्रा सम्पन्न गरेको हो ।
टोलीले नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरको फाटकदेखि वडा नं १ को मानेभञ्ज्याङ–चित्रे गुम्बा लामीधुरा हुँदै थुम्के सम्मको पैदल यात्राको कार्यक्रम आयोजना गरेको छ ।टुरिजम एण्ड ग्रीन इन्भेष्टमेन्म भन्ने नाराका साथ मनाईएको बिश्व पर्यटन दिवको अवसरमा गरीएको प्रदल यात्रामा नगरप्रमुख राई सहित वडा नं १का अध्यक्ष राजकुमार सेरेङ ,४का अध्यक्ष सरन राई, ६का अध्यक्ष शिबकुमार बस्नेत, ७का लोक बहादुर राई, ८ का अध्यक्ष जंग गुरुङ १२ का वडाध्यक्ष डोलेन्द्र भारध्वज संगै नगरका कर्मचारी होटल ब्यवसायी , पर्यटन ब्यवसायी लगायतको सहभागीता रहेको थियो । टोलीले यात्राको क्रममा चित्रे गुम्बा, लामीधुरा , थुम्के लगायतका क्षेत्रमा पर्यटन प्रवर्धनका लागि गर्न सकिने कामको अध्ययन गरेको छ । बिभिन्न समुहमा बिभाजन गरी उक्त टोलीले संभाब्यता अध्ययन गरी ७ दिन भित्रमा नगरमा प्रतिवेदन बुझाउने नगरका आर्किटेक इन्जििनियर सृजन गदालले जानकारी दिनु भयो ।
नगर प्रमुख राई सहितको उक्त टोलीले एतीहासीक चित्रे गुम्बाको संरक्षण प्रचारप्रसार लगायतका बिषयमा पनि छलफल गरेको छ । नगर प्रमुख राईले पैदल यात्राका क्रममा देखिएका संभावनाको आधारमा ती क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र बिकासमा सहयोग पुग्ने बताउनु भयो । उहाले जडिबुट्टी र प्राकृतिक सम्पदाले भरीपूर्ण थुम्के सहितको माथिल्लो क्षेत्रमा पर्यटन लक्षित धेरे काम गर्न सकिने भएकाले नगरले अव त्यस तर्फ ध्यान दिने बताउनु भयो । थुम्के क्षेत्रमा बिश्वमै लोपउन्मुख रेडपाण्डा, बिभिन्न प्रजातीका जडीबुट्टी पाईने गरीएको छ । चिसो हावापानी र लेकाली जनजिवन भएको उक्त क्षेत्र पैदल यात्राका लागि निक्कै उपयोगी क्षेत्र मानिन्छ । थुम्ेकेमा पछिल्लो समय केही होमस्टे समेत संचालनमा छन् ।

TOP