कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

कन्याममा एटीभी राईड संचालन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
कन्याममा एटीभी राईड संचालन

फिक्क्ल: स्वदेशी पर्यटकको रोजाईमा रहेको इलामको पर्यटकीय स्थल कन्याममा एटिभी राईड(चार पाङग्रे बाईक) को सेवा संचालन गरिएको छ ।
सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम एडभेन्चर प्रालिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरिसाहासिक यात्रा गर्ने पर्यटकका लागि दुईवटा एटिभी राईड(चार पाङग्रे बाईक) को सेवा शुक्रबारबाट शुरु गरेको हो ।
एक कार्यकमका विच सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले राईडको उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै नगर प्रमुख राईले कन्याममा पर्यटकका लागि नयाँ आयाम थपिएको जानकारी दिनु भयो । कार्यक्रममा उप प्रमुख दुर्गा कुमार बराल सहितका ब्यक्ति सहभागी हुनुहुन्थ्यो ।
कन्याम चियाबगान भित्रको बाटोमा विभिन्न प्याकेजमा यात्रा गराइने कम्पनीका राम प्रसाद उपाध्यायले बताउनु भयो । सूर्योदय नगरपालिका वडा नं. ७ का अध्यक्ष लोक बहादुर राईले घोडचढी संगै थपिएको राईडले स्वदेशी पर्यटकलाई कन्याममा थप आर्कषित गर्ने बताउनु भयो ।
नगरपालिकाले कन्याममा सिसाको पुल निर्माण गरीरहेको छ भने निजि कम्पनीले कन्याममा स्काई वाल्क निर्माण गरी संचालन गरीरहेको छ । कन्याममा दैनिक रुपमा हजारौ पर्यटक घुम्न आउने गरेका छन ।

TOP