कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अन्तुमा फोटो प्रदर्शनी

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अन्तुमा फोटो प्रदर्शनी

फिक्कल: पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र अन्तुमा फोटो प्रदर्शनी गरीएको छ ।
देशका बिभिन्न स्थानमा फोटो पदर्शनी गरीरहेको ‘अठोट नेपाल’ले अन्तुमा पर्यटन, संस्कृत , भेषभूषा र पर्यावरण झल्कीन ५० वटा फोटो प्रदर्शनी गरिएको हो ।
देशका विभिन्न स्थानमा खिचिएका नेपालको संस्कृति, कला, प्राकृतिक, वाइडलाइफका तस्बिर प्रदर्शनीमा राखिएको अठोट नेपालका संयोजक देवेन्द्र शाही ठकुरीले जानकारी दिनु भयो ।

फोटो प्रदर्शनीमा इलामको रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबो, सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई लगयात जनप्रतिनिधि, स्थानीय पर्यटन ब्यवसायी नेपाल र भारतका संचारकर्मीले फोटोको अवलोकन गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष बिप्लव भट्टराईले एकै ठाउँमा रहेर नेपाल झल्कने तस्विर अवलोकन गर्न पाएको बताउनु भयो ।
फोटो प्रदर्शनीमा रोङ गाउँपालिका अध्यक्ष स्याङबोले फोटोका माध्यमबाट प्रर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।अठोट नेपालले यसअघि हेटौँडा र जनकपुरमा मा फोटो प्रदर्शनी गरेको थियो।

TOP