प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

नेपाल एयरलाइन्सले आजबाट इलाम-काठमाण्डौ उडान भर्न शुरु

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
नेपाल एयरलाइन्सले आजबाट इलाम-काठमाण्डौ उडान भर्न शुरु


फिक्कल: इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबा आज देखि पुनः उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आईतबार देखि सातामा एक दिन दिन इलाम – काठमाडौं र काठमाडौं–इलाम उडान भर्न शुरु गरेको हो । नेपाल एयरलाइन्सले अव प्रत्येक आईतबार उडान भर्ने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको नगरप्रमुख थापाले जानकारी दिनु भयो । इलामबाट काठमाडौंका लागि विहान साढे ९ बजे उडान हुने तालिका बनाएको छ । आईतबार शुरुको दिन भने निर्धारित समय भन्दा केहि ढिलो गरी उडान गरेको छ । पहिलो दिन नेपाल एयरलाईन्सले ७ जना यात्रु लिएर काठ्माण्डौबाट आएर इलामबाट ८ जना यात्रु लिएर फर्कीएको थियो । बिमानस्थलमा १९ सिट क्षमताको ट्विनअटर जहाज संचालन हुनेछ ।
इलाम नगरपालिकाका अनुसार इलामबाट काठमाडौंको एकतर्फी भाडा छ हजार तीन सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ ।तर जेष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।त्यस्तै एक उडानमा दुई जना २५ वर्ष ननाघेका विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्रको आधारमा करबाहेकको रकममा २५ प्रतिशत भाडा छुट गरिएको छ । त्यसैगरी २ वर्षदेखि १२ वर्ष सम्मका सबै बालबालिकालाई जन्म दर्ताको आधारमा भाडामा २५ प्रतिशत छुट गरिएको छ ।यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तल्लाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । इलाम–काठमाडौं र काठमाडौं–इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्नेछ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले इलाम नगरपालिकासँगको सम्झौतामा व्यवसायिक उडान सुरु गरेको थियो । तर ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेपछि विमानस्थल सुनसान थियो । इलाम नगरपालिकाको पहलमा पुनः उडान सुचारु भएपछि जिल्लाबासी हर्षित भएका छन् ।
उक्त विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । इलाममा छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएको छ ।

TOP