गोलिया कटान र निकासीको सिफारिस वडा कार्यालयबाटै उपलब्ध गराउन ब्यवसायी संघको माग – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

गोलिया कटान र निकासीको सिफारिस वडा कार्यालयबाटै उपलब्ध गराउन ब्यवसायी संघको माग

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika

फिक्कल: राष्ट्रिय बन पैदावर ब्यवसायी संघले गोलिया कटान र निकासी गर्दा नगरपालिकाबाट लिनु पर्ने शिफारिसले ढिलाई हुँने भएको भन्दै वडा कार्यालयबाट उक्त सिफारिस उपलब्ध गराउन माग गरेको छ ।
राष्ट्रिय बन पैदावर ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्काले सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाउदै नगरबाट सिफारिस लिदा धेरै समय खर्चनु पर्ने भएकाले उक्त प्रक्रिया वडा कार्यालयबाट मिलाउन आग्रह गर्नु भएको हो ।
शुक्रबार ध्यानाकर्षण पत्र बुझाउदै जिल्लाभरका ब्यवसायीबाट उक्त प्रक्रियाप्रति गुनासो आएकाले सहज रुपमा गोलिया कटान र निकासिका लागि स्थानीय पालिकाले वडाबाट सिफारिस उपलब्ध गराउनु पर्ने माग गर्नु भयो । नगरवाट सिफारिस लिन आउन जान ब्यवसायीलाई झन्झटीलो भएका कारण वडाबाटै सिफारिस मागीएको अध्यक्ष खड्काले बताउनु भयो । उहाले समस्या भएका अन्य पालिकामा पनि समन्वय गर्नका लागि ध्यानाकर्षण पत्र बुझाईने जानकारी दिनु भयो ।

TOP