Hamropalika menu advertisement

गोलिया कटान र निकासीको सिफारिस वडा कार्यालयबाटै उपलब्ध गराउन ब्यवसायी संघको माग

  • प्रकाशित मितिः July 27, 2026
  • हाम्रो पालिका
गोलिया कटान र निकासीको सिफारिस वडा कार्यालयबाटै उपलब्ध गराउन ब्यवसायी संघको माग

फिक्कल: राष्ट्रिय बन पैदावर ब्यवसायी संघले गोलिया कटान र निकासी गर्दा नगरपालिकाबाट लिनु पर्ने शिफारिसले ढिलाई हुँने भएको भन्दै वडा कार्यालयबाट उक्त सिफारिस उपलब्ध गराउन माग गरेको छ ।
राष्ट्रिय बन पैदावर ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्काले सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाउदै नगरबाट सिफारिस लिदा धेरै समय खर्चनु पर्ने भएकाले उक्त प्रक्रिया वडा कार्यालयबाट मिलाउन आग्रह गर्नु भएको हो ।
शुक्रबार ध्यानाकर्षण पत्र बुझाउदै जिल्लाभरका ब्यवसायीबाट उक्त प्रक्रियाप्रति गुनासो आएकाले सहज रुपमा गोलिया कटान र निकासिका लागि स्थानीय पालिकाले वडाबाट सिफारिस उपलब्ध गराउनु पर्ने माग गर्नु भयो । नगरवाट सिफारिस लिन आउन जान ब्यवसायीलाई झन्झटीलो भएका कारण वडाबाटै सिफारिस मागीएको अध्यक्ष खड्काले बताउनु भयो । उहाले समस्या भएका अन्य पालिकामा पनि समन्वय गर्नका लागि ध्यानाकर्षण पत्र बुझाईने जानकारी दिनु भयो ।

TOP