अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

सूर्योदयमा नागरिकता तथा घटना दर्ता सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
सूर्योदयमा नागरिकता तथा घटना दर्ता सम्बन्धि अन्तरक्रिया सम्पन्न

फिक्कल: नागरिकता तथा घटना दर्ता सेवामा देखिएका समस्या र समसामयिक कानुनी व्यवस्थाबारे इलामको सूर्योदय नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामको आयोजना र सूर्योदय नगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रममा नागरिकता ऐन, नागरिकता नियमावली, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ सहितका विधि–विधानबारे विस्तृत छलफल भयो।
सीमावर्ती क्षेत्र भएका कारण नेपाल भारत दुबै तर्फ बसोबास गर्ने नागरिकले नागरिक्ता लिदा बढी समस्या हुने गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकता लगायतका बिषयमा भएका कानुनी प्रावधानबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडाध्यक्ष देवेन्द्र शर्मा, उर्गेन बम्जन, डिक बम्जन, सरन राई , वडा सदस्य पदम गिरी लगायतका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले आफुहरुले भोगेका समस्या राख्नु भएको थियो ।
सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले धेरैजसो काम वडा स्तरबाट हुने हुदा वडाका जनप्रतिनिधि र कर्मचारी सचेत बन्नु पर्ने बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले चुलाचुली र माईमा समेत उक्त कार्यक्रम गरेको थियो ।

 

TOP