Hamropalika menu advertisement

वेलायतमा सम्पन्न १६ औँ नेपाली मेला: मानव धर्म सोसाइटी युकेको सक्रिय सहभागिता

  • प्रकाशित मितिः March 25, 2026
  • हाम्रो पालिका
वेलायतमा सम्पन्न १६ औँ नेपाली मेला: मानव धर्म सोसाइटी युकेको सक्रिय सहभागिता

लण्डन:  नेपाली भाषा, संस्कृति र मौलिकताको जगेर्ना गर्दै वेलायतमा आयोजना गरिएको १६ औँ नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। लण्डनको केम्प्टन पार्कमा सम्पन्न मेलामा करिब १३ हजार नेपालीको उपस्थिति रहेको आयोजकले जनाएका छन्। मेलामा मानव धर्म सोसाइटी युकेले झाँकी, र्याली, स्वागत नृत्य लगायतका विविध प्रस्तुतीसहित उल्लेखनीय सहभागिता जनाएको थियो। सोसाइटीका अध्यक्ष नुर थापाले मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्वभर फैलाउन खोज्नुभएको भाइचारा र विश्वशान्तिको सन्देशलाई प्रस्तुत गर्दै मानव धर्मको उद्देश्य तथा समाजसेवामुखी गतिविधिहरूबारे जानकारी गराएका थिए। मेलाको उद्घाटन नेपाली राजदूत चन्द्र कुमार घिमिरेले गर्नुभएको थियो भने विशिष्ट अतिथि कुलमान घिसिङले कार्यक्रममा सम्बोधन गरेका थिए। तमु धिं युके र वेलायतका लागि नेपाली दूतावासको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ४४ वटा संस्थाले झाँकी, र्याली र मौलिकता झल्किने सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए। यस्तै, करिब ७० ओटा संस्था तथा व्यवसायले मेलामा आफ्नो स्टल प्रदर्शन गरेका थिए। सहभागीहरूको भनाइमा विगतका वर्षको तुलनामा यस वर्षको मेला अझ भव्य र सफल बनेको छ।

TOP