अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै

नयाँबजार: तेस्रो संस्करणको माइजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । तेस्रो संस्करणका खेल बिहिबारबाट शुरु भएका हुन ।माइजोगमाई गाउँपालिका खेलकुद विकास परिषद अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा उद्घाटन खेल सम्पन्न भयो । कार्यक्रम उद्घाटनको अवसरमा प्रमुख अथिति राईले खेल खेत्रको माध्यमबाट अन्तरपालिका पर्यटन बिकास गर्न सकिने बताउनु भयो । उक्त अवसरमा उहाले माईजोगमाईका पर्यटकीय स्थलको बिकास र प्रवर्धनमा आफुले समेत पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले पालिका स्तरमा संचालन भएको प्रतियोगितामा सहभागी खेलाडीको ५ लाखको जिवन बिमा गरीएको जानकारी दिनु भयो । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राईले खेलाडीलाई स्थानीय स्तरमैै ब्यवसायिक बनाउनका लागि गाउँपालिकाले खेल क्षेत्रका बिभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनु भयो । उहाले खेलाडीको शुरक्षा र स्वास्थ्यमा गाउँपालिका लागि परेको बताउनु भयो ।

कार्यक्रममा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरी लुंगेली , जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले माईजोगमाईले खेलकुद क्षेत्रमा गर्दै आएका कामको प्रशंसा गर्नु भएको थियो । उक्त अवसरमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडस् तथा ब्यवस्थापकलाई नगर र प्रमाणपत्रले सम्मान गरीएको थियो ।

सूर्योदय क्वार्टर फाइनल प्रवेश

उद्घाटन खेल सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिका बिच थियो । उद्घाटन खेलमा सूर्योदय नगरपालिका तेस्रो माइजोगमाई अध्यक्ष कप आमन्त्रित अन्तरपालिका फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ । उद्घाटन खेलमा सूर्योदयले चुलाचुली गाउँपालिकालाई १÷० गोल अन्तरमा जित निकाल्दै क्वाटर पलाइनल प्रवेश गरेको हो ।
खेलको म्यान अफ दि म्याच सूर्योदयका एकमात्र गोलकर्ता निश्चल राई घोषित भए । उनले नगदसहित ट्रफी पाए । क्वार्टर फाइनलमा सूर्योदयले माङ्सेबुङ गाउँपालिकासँग खेल्नेछ ।

आज दुई खेल हुदै

प्रतियोगिता अन्र्तगत आज दुई खेल हुनेछन् । पहिलो खेल आयोजक माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिका साथै दोस्रो खेल इलाम नगरपालिका र माई नगरपालिका बिच हुने छ ।
माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा सुरु प्रतियोगिताको फाइनल वैशाख ३१ मा हुनेछ । विजेता टोलीले नगद २ लाख १ हजार १ सय ११ र उपविजेता टिमले नगद १ लाख ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

 

 

TOP