कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामका प्रमेश राई ‘द भ्वाइस अफ नेपाल सिजन–६’ को फाइनल राउण्डमा प्रवेश

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
इलामका प्रमेश राई ‘द भ्वाइस अफ नेपाल सिजन–६’ को फाइनल राउण्डमा प्रवेश

इलाम : इलामको रोङ गाउँपालिका प्रमेश राई द भ्वाइस अफ नेपाल सिजन–६ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । इलामे गायक प्रमेश राईको चर्चा शुरुबाट नै निकै नै भएको यिथयो । उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भइसकेका छन । रोङ गाउँपालिका–६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन् । पूर्णबहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान गरेर हुर्काए ।

हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साँझ ८ बजेबाट दिने रियालीटी सो मा चाार जना कोचहरु मध्ये कोच राजुको टिमबाट तथा सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै डिजिटल राउन्ड, ब्लाइन्ड राउन्ड,लाइभ राउन्ड हुँदै फाइनल राउन्डमा पुगेका छन् गायक प्रमेश । उनी २०७५ सालबाट औपचारिक संगित शिक्षा सिक्न थालेका हुन् । झापा बिर्तामोडमा रहेको सरगम संगितालयमा दिपक रायमाझीसँग संगित सिकेका राइले अहिले काठमाडौ स्थित पुरानो बानेश्वरमा रहेको धुन कला केन्द्रमा कैलाश राई सँग संगित सिक्दै गरेको प्रमेशले बताए ।

हाल संगितकै विषयमा व्याचलर गर्दै गरेका प्रमेशले आफ्नो जिल्लावासीहरुलाई भोट दिएर आफुलाई भ्वइसको उपाधी जिताउन आग्रह समेत गरेका छन् ।रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रमेश देशकै उत्कृष्ट प्रतिभा रहेको भन्दै उनैले यो प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे । उनले प्रमेशलाई भोट दिएर जिताउन पनि सबैमा आग्रह गरे । इलाम संगितक क्षेत्रको उर्वर भूमिका रुपमा लिने गरिन्छ ।

TOP