जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल गरिने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल गरिने


काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ९एनएचआरसी० ले कोरोना भाइरस रोग ९कोभिड–१९० को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका शिक्षक तथा रिसर्च कन्सल्टेन्ट डा। विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ ।

पछिल्लो पटक निकै प्रयोगमा आएको गुर्जो

डा। पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’

उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु ९सुठो, पिप्ला र मरीच० मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो ।’

डा। पटेलका अनुसार यो औषधि नयाँ भने होइन । ‘सदियौंदेखि प्रयोग हुँदै आएको औषधि हो । घाँटी खसखस गर्दा, रुघाखोकी लाग्ने समस्या यसले निको पार्छ । त्रिकटुले जीउ दुखेमा निको पार्नुका साथै भोक पनि जगाउँछ,’ उनले भने ।

यी औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीको अवस्था गम्भीर नहोस् भनेर दिइने गरिन्छ । ‘विभिन्न आइसोलेसन र आयुर्वेदिक अस्पतालमा यी औषधिको प्रयोगले बिरामीमा सकारात्मक प्रभाव पनि देखिएको छ । प्रदेश १, २, ५ आदिमा यो प्रयोग भइरहेको छ,’ उनले भने । कान्तिपुर दैनिक बाट

TOP