अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा रहेको फिक्कल नमुना माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बिभिन्न कार्यक्रम गरी बिद्यालयले १०५ औं बार्षिक उत्सव दुई दिन सोमबार र मंगलबार मनाएर सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रनाथ शर्माको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका शिक्षक तथा बिद्यार्थीलाई सम्मानित तथा पुरस्किृत गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक राजेन श्रेष्ठले बिद्यालयमा भैरहेका कार्य र आगामी योजना बारे जानकारी गराउनु भएको थियो । उहाले बिद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न काम थालिएको जानकारी दिनु भयो । बिद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो ६ महिनामा ४५० बिद्यार्थीका घरद्धरमै पुगेर अविभाव संग बिद्यार्थीको बारेमा जानकारी लिएको कार्यक्रममा जानकारी गराइएको छ । बिद्यालयमा कक्षा प्रमुख शिक्षक तोकेर शिक्षकलाई थप जिम्मेवार बनाइएको छ । बिद्यालयको खेल मैदान नहुदा केहि समस्या रहेको प्रअ श्रेष्ठले जानकारी दिनु भयो ।
१०२० जना बिद्यार्थी अध्ययनरत उक्त बिद्यालयमा सूर्योदय नगरपालिकाले इनोभेसन सेन्टरको निर्माण गरीरहेको छ। प्रअ श्रेष्ठले करियर गाइडेन्स र करियर काउन्सिलिङको कक्षा संचालन गर्ने तयारी भैरहेको जानकारी दिनु भयो ।
१९७७ सालमा स्थापना भएको उक्त बिद्यालय भौतिक रुपमा सुविधा सम्पन्न बिद्यालय भित्र पर्दछ । कार्यक्रमको समापनको अवसरमा बिभिन्न सम्मान तथा पुरस्कार वितरण गरिएको छ । साथै विभिन्न दाताहरूबाट स्थापना गरिएका छात्रवृत्ति तथा स्मृति कोषअन्तर्गतका पुरस्कार दाताहरूको उपस्थितिमै ४१ जनालाई वितरण गरिएको छ। विद्यालयमा गङ्गाप्रसाद स्मृति कोष छात्रवृत्ति, श्याम एण्ड फुलमाया स्कलरशिप कोष, मानबहादुर स्मृति कोष, दिपेन प्रधान स्मृति कोष, विशाल प्रधान स्मृति कोष, पतराम अग्रवाल स्मृति कोष तथा लेखराज बस्नेत स्मृति कोष स्थापना भई प्रत्येक वर्ष विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको छ।
बिद्यालयको बाािर्षक उत्सवको अवसरमा बिद्यालयका शिक्षक रिम्पल प्रधान र दिक्पाल राईलाई बर्ष उत्कृष्ठ शिक्षकका रुपमा नगद सहित सम्मान गरिएको छ । यस्तै बिद्यालयका कर्मचारी यज्ञ प्रसाद चापागाईलाई उत्कृष्ठ बर्ष कर्मचारीका रुपमा नगद सहित सम्मान गरिएको छ । उक्त अवसरमा सरुवा भई जानु भएको शिक्षकको विदाई तथा नयाँ शिक्षकलाई स्वागत समेत गरिएको थियो । उक्त अवसरमा बिद्यालयका पूर्व प्रधानाध्यापक गंगा बहादुर महतको समेत बिदाई गरिएको छ ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख बरालले नगरपालिका सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा लागि परेको बताउनु भयो । उहाले शिक्षकले बिद्यालयमा पढाएर मात्र नहुने भएकाले अविभावकले आफना बिद्यार्थी प्रति चासो राख्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले शैक्षिक क्षेत्रमा फिक्कल माबिले उल्लेखीय उपलब्धी हासिल गरेको बताउनु भयो । कार्यक्रममा नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराई, फिक्कल अस्पतालका प्रमुख डा. सरोज दर्नाल , होटल ब्यवसायी संघ कोशी प्रदेश उपाध्यक्ष राजन प्रधान, पूर्व प्रअ गंगाबहादुर महत लगायतले आफनो धारणा राख्नु भएको थियो । बार्षिक उत्सवको अवसरमा बिद्यार्थीले बिभिन्न सांस्कृति कार्यक्रम सम्पन्न गरेका थिए ।

 

 

 

TOP