अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

गीतकार आचार्यद्धारा सूर्योदयको बालहित कोषमा आर्थिक सहयोग

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
गीतकार आचार्यद्धारा सूर्योदयको बालहित कोषमा आर्थिक सहयोग

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले शुरु गरेको बाल हित कोषमा गीतकार संघका सचिव महेश आचार्यले आर्थिक सहयोग गर्नु भएको छ । सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका सबै बालबालिकाको बैंक खाता खोल्ने गरी नगरले शुरु गरेको कोषमा सचिव आचार्यले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा सूर्योदयलाई बालमैत्री नगर घोषणा कार्यक्रमको अवसरमा १० हजार नगद हस्तान्तरण गर्नु भएको हो ।
गीतकार आचार्यकी आमा चन्द्रकलाले उक्त कार्यक्रममा रकम हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा गीतकार आचार्यलाई नगरले प्रशंसा पत्र प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अथिति पूर्व प्रधानमन्त्री झलनाथ खनालले गीतकार आचार्यकी आमा चन्द्रकलालाई प्रशंसा पत्र प्रदान गर्नु भयो ।
गीतकार आचार्य सूर्योदय नगरपालिका वडा नम्बर ५ निवासी हुनुहुन्छ । काठ्माण्डौलाई कार्यथलो बनाए शिक्षण पेशा संगै गीत लेखनमा अब्बल आचार्यका दर्जनौ गीत बजारमा आईसकेका छन । पत्रकारिता सगै बाल कथा लेखनमा समेत सक्रिय आचार्य आफनो पालिकाले शुरु गरेको बालहित कोषमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो‘बालवालिकाको हितमा गरीएका यस्ता राम्रा काममा सबैले सहयोग गर्नु पर्छ , म नगरको यो कामको उच्च सम्मान गर्छु ।’
रेडियो नेपाल र नेपाल बाल संगठनले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रि बालगीत सम्मेलनमा बि.सं. २०७४ सालमा रचनातर्फ गोल्ड मेडल सहित बिजेता बन्नु भएका गीतकार आचार्यले सोहि पुरस्कारको रासी सूर्योदय नगरपालिका को बालहित कोषमा हस्तान्तरण गरेको जानकारी दिनु भयो ।आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउँदै बालबालिकाको कक्षा छाड्ने दर घटाउन सूर्याेदय नगरपालिकाले बाल बचत खाताको अवधारणा ल्याएको जनाएको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै विद्यार्थीलाई कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिने उद्देश्यले कार्यपालिका बैठकले समेत बाल बचतको अवधारणा पारित गरेको नगर नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भएको छ ।
यो अवधारणाअनुसार कक्षा १ देखि ८ सम्मका विद्यार्थीले थोरै रकम आफैं बचत गरी बैंकमा खाता खोल्नेछन्। त्यसमा नगरपालिकाले केही रकम अनुदान समेत दिनेछ। जुन बैंकमा बालबालिकाले खाता खोल्नेछन्, ती बैंकले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्नु पर्ने रकम बालबालिकाकै खातामा उपलब्ध गराउन नगरले बैङहरु संग छलफल गरेको छ । बालबालिकाले दिनहुँ ५ वा १० रुपिया आफ्नो खातामा बचत गर्नेछन्। नगर र बैंकले दिएको अनुदान चाहिँ बालबालिकाले कक्षा ८ पूरा गरेपछि मात्रै पाउनेछन्। नगरका २४ विद्यालयको कक्षा १ देखि ८ सम्म ४ हजार ५ सय २१ बालबालिका रहेको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो ।

TOP