फिक्कल : प्रतिनिधि सभा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निष्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई इलाम क्षेत्र नंं १ सहित इलाम जिल्लामा तत्काल गर्नु पर्ने काम बारे अवगत गराउनु भएको छ ।
प्रधानमन्त्री शाहले कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्य संग आफनो क्षेत्रमा तत्काल गर्नु पर्ने काम र समस्याका बारेमा गर्नु भएको छलफलमा राईले इलाम क्षेत्र नं. १ सहित जिल्लामा तत्काल र दिर्घकालिन रुपमा गर्नु पर्ने काम बारे अवगत गराउनु भएको हो ।
प्रधानमन्त्री शाह समक्ष राईले सरकारले प्रारम्भिक चरणमा सार्वजनिक गरेका १०० वटा कार्यक्रमबारे सुझाव दिदै प्रधानमन्त्री नियुक्त हुनु भएकोमा शुभकामना दिनु भएको थियो ।
उहाले संविधानको कार्यान्वयन र शुसासनका लागि प्रतिनिधि सभा बैठक तत्काल बोलाउन माग राख्दै सरकारले सार्वजनिक गरेका कार्यक्रमको प्रभावकारी कार्यान्वयन र जटिलताबारे आफनो धारणा राख्नु भयो ।
प्रतिनिधि सभा सदस्य राईले गत बर्षको बाढी पहिरोले इलाम जिल्लामा मानविय, आर्थिक तथा भौतिक रुपमा ठूलो क्षति गर्दा पनि तत्कालिन सरकारले संकटग्रस्त जिल्ला घोषणा गरेपनि परिणाममुखी काम गर्न नसकेकाले यस बर्ष बर्खा लाग्नु अघि नै इलाम जिल्लाको बिपतको क्षेत्रमा तत्काल काम गर्न सुझाव राख्नु भयो । उहाले बिपतका क्षेत्रको म्यापिङ गरेर काम गर्नु पर्ने सुझाव दिनु भयो ।
राईले इलाम जिल्ल चिया ,अलैची ,दुध सुपारी, कफी लगायतका कृषिजन्य बस्तुको उर्भर भूमी भएकाले यस्ता कृषिजन्य बस्तुको बजारीकरणमा संघीय सरकारले ध्यान दिनु पर्ने माग राख्नु भयो । उहाले भारतले बर्षेनी चियामा सिन्डीकेट लगाउने गरेको भन्दै कुटनीतिक पहलबाट उक्त समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।
राईले पर्यटन क्षेत्रको बिकासका लागि चिवा भञ्ज्याङ सम्मको सीमा सडकलाई प्राथमिक्तामा राखेर काम गर्नु पर्ने , भारत तर्फ इमीग्रेसन ब्यवस्थित गर्न कुटनीतिक पहल गर्नु पर्ने , शुकुम्बासी समस्या समाधान गर्नु पर्ने , भालुखोप खुदुनावारी सडक , माईखोला सडक , मेची करिडोर निर्माण, माई तटबन्द निर्माण संगै इलामलाई एजुकेशन हव बनाउन पहल गर्नु पर्ने माग राख्नु भयो । ३५ बर्षीय निश्कल राई नेपाली काग्रेको तर्फबाट इलाम १ बाट बिजयी प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।