अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने

विमल दहाल, माई 

माई नगरपालिकाको १९औं विशेष नगरसभावाट बाढी पहिरो प्रभावित ९०९ परिवारलाई १ करोड २९ लाख ३ हजार रुपैयाँ आर्थिक राहत सहायता गर्ने निर्णय पारित गर्दै बिहीबार सम्पन्न भएको छ।

सभाले कृषि बालीमा भएको क्षति ९०९ घरधुरीलाई १२ हजारका दरले १ करोड ९ लाख ८ हजार रुपैयाँ राहत दिने, कृषि र पशुपंक्षीमा भएको क्षति भएका २५ घरधुरीलाई २५ हजार रुपैयाँका दरले ३ लाख २० हजार राहत दिने , घरको पूर्ण क्षति भएका १६ परिवारलाई नगद २० हजार रुपैयाँका दरले तीन लाख २० हजार राहत वितरण गर्ने र घरको आंशिक क्षति भई विस्थापित भएका ९० घर परिवारलाई नगद १५ हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनुभयो ।

बाढी पहिरोका कारण पूर्ण विस्थापित र आंशिक विस्थापित ८८ घरपरिवारलाई यसअघि नै नगद वितरण गरिसकिएको छ भने बाँकी १८ परिवारलाई नगद वितरण गरिने माई नगरपालिका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलले बताउनुभयो । घर पूर्ण रूपमा क्षति भएका परिवारको घर निर्माण वा जग्गा खरिदमा २० प्रतिशत सम्म नगरले साझेदारी गर्ने समेत योजना रहेको बताइएको छ।

माई नगरपालिका इलामको १९औं नगरसभा ले १८औ नगरसभाबाट पारित कार्यक्रमहरूमध्ये ३ करोड २ लाख ७२ हजार को कार्यक्रम संशोधन गरिएको छ। नगरसभाका अध्यक्ष तथा माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बुको सञ्चालन, अध्यक्षता एवं नीति तथा कार्यक्रम प्रस्तुत उपमेयर हिमा भण्डारीबाट आर्थिक वर्ष २०८२/०८३ को संशोधित बजेट प्रस्तुति एवं प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईको समन्वयमा सम्पन्न भएको हो ।

सभाबाट कार्यक्रम संशोधन गरी कार्यान्वयन हुने योजनाहरू अन्तर्गत संशोधित कार्यक्रम (रकम कोटौती) गर्ने गरि भूमि व्यवस्थापनवाट ४० लाख, ट्याक्टर खरिद ४० लाख, शीतली खेलमैदान स्तर उन्नति तथा बजार बाटो व्यवस्थापन ३० लाख, पार्किङ स्थल निर्माण तथा पालेघर व्यवस्थापन १० लाख, खेलमैदान व्यवस्थापन ५ लाख, कार्यालयमा फर्निचर व्यवस्थापन वडा कार्यालय सहित २० लाख, नगरपालिका आसपास सिसिटिभी व्यवस्थापन १० लाख, सडक मर्म त प्रत्येक वडा ५ लाखका दरले जम्मा ५० लाख, सशर्त कार्यक्रम साझेदारी सुरक्षित आप्रवास ४ लाख ७२ हजार, वडा नम्बर १० को लेवा खोलामा कलबट निर्माण ७० लाख र लेवा खोलामा डिपिआर खर्च वडा नम्बर १० मा ३ लाख गरी ३ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको छ।

विशेष नगर सभा बजेट संशोधन आर्थिक वर्ष २०८२/८३ अन्तर्गत थप बजेट व्यवस्थापन गरिएका शीर्षकहरूमा प्रकोप/विपद व्यवस्थापन कोषका लागि १ करोड ५५ लाख, फर्निचर व्यवस्थापन १० लाख, झ्याल तथा ढोका मर्मतका लागि १० लाख, सशस्त्र कार्यक्रम साझेदारी प्रधानमन्त्री रोजगार ४ लाख ७२ हजार, वडा नम्बर १० को लेवा खोलामा पुल निर्माण डिपिआर खर्च ७३ लाख र आवश्यकताका आधारमा वडा समितिको निर्णय बमोजिम प्रत्येक वडामा रु ५ लाखका दरले सडक मर्मतमा रु ५० लाख राख्ने निर्णय गरेको उप उपप्रमुख हिमा भण्डारीले जानकारी दिनुभयो।

देशमा भएको जेनजी आन्दोलन तथा गत असाेज-१८ र १९ गते आएकाे अविरल वर्षाका कारण माई खाेलामा आएकाे वाढी र पैरो विपदका कारण क्षति भएको यस परिस्थितिमा नगरपालिकाले आफ्नो नियमित कार्यक्रम तथा राहत उद्धार कार्यका लागि केही कार्यक्रम हेरफेर थपघट गरी संशोधन कार्यक्रम सञ्चालन गर्न नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा २७ बमोजिम १८औ सभाले पास गरेको नीति तथा कार्यक्रम अनुसार कार्यक्रम हेरफेर गरिएको बताइएको छ ।पूर्वाञ्चल दैनिकबाट

TOP