अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध सुचना प्रविधि रोङ गाउँपालिकाको स्वास्थ्य सचेतना सम्बन्धी सूचना
Hamropalika menu advertisement

सूर्योदयका कर्मचारीलाई एआई तालिम

  • प्रकाशित मितिः April 11, 2026
  • हाम्रो पालिका
सूर्योदयका कर्मचारीलाई एआई तालिम

फिक्कल:  प्रविधिमा फड्को मारेको इलामको सूर्योदय नगरपालिकाले कर्मचारीलाई थप प्रविधिमैत्री बनाउन आर्टीफिसियल इन्टेलीजेन्स (ए.आई.) तालिम संचालन गरेको छ । नगरका सबै कामको पेपर लेस गरी अनलाईन सिस्टममा काम थालेको नगरले कर्मचारीलाई थप प्रविधिमैत्री बनाई नागरीकको काम छिटोछरितो तरीकाले गर्नका लागि कर्मचारीलाई २० घण्टे एआई तालिम संचालन गरेको हो ।
नगरले जिल्लामै पहिलो पटक काठ्माण्डौंको रोवटिक एसोसिएसन नेपालको प्राविधिक सहयोगमा तालिम संचालन गरेको सूर्योदयका नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । एआई इन्जिनियरको सहयोगमा पहिलो चरणको तालिम संचालन गरेको नगरले कर्मचारीलाई पाइथनमा कोडिङ गरी एआई टुल्समा डाटा हेरफेर गर्ने सम्मको प्रशिक्षण दिइएको नगर प्रमुख राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो ‘यसबाट स्थानीय सरकारले दिने सेवामा पारदर्शिता, छिटो–छरितो बनाउन फाइदा हुनेछ ।’नगरपालिकाले कुनै पनि कामलाई सरल तरीकाले र नबुझेका कानून देखि निर्यणलाई सहज बनाउन सबै कानूनलाई व्यवस्थित गर्न समेत यस्को प्रयोग गर्न सकिने जनाएको छ ।
सूर्योदयले यस अघि नै सबै कार्यालय, बिद्यालयमा सीसी क्यामेर, डिजिटल हाजिरी जडान गरीसकेको छ । नगरले यातायतका साधनमा जिपिएस जडान गरेको छ । जसले सवारीको दुरुपयोग हुनबाट जोगाउदै आएको छ । नगरपालिकाले स्थानीय तहको दोस्रो निर्वाचन पछि कार्यपालिका बैडकको डिजिटल डिस्प्लेमा प्रत्यक्ष प्रसारण गर्दै आएको छ । साथै नगरका सार्वजनिक महत्वका बिभिन्न कार्यक्रम समेत प्रत्यक्ष प्रसारण गर्दै आएको नगरका सूचना प्रविधि अधिकृत उज्वल सुवेदीले जानकारी दिनु भयो ।

TOP