कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयका कर्मचारीलाई एआई तालिम

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
सूर्योदयका कर्मचारीलाई एआई तालिम

फिक्कल:  प्रविधिमा फड्को मारेको इलामको सूर्योदय नगरपालिकाले कर्मचारीलाई थप प्रविधिमैत्री बनाउन आर्टीफिसियल इन्टेलीजेन्स (ए.आई.) तालिम संचालन गरेको छ । नगरका सबै कामको पेपर लेस गरी अनलाईन सिस्टममा काम थालेको नगरले कर्मचारीलाई थप प्रविधिमैत्री बनाई नागरीकको काम छिटोछरितो तरीकाले गर्नका लागि कर्मचारीलाई २० घण्टे एआई तालिम संचालन गरेको हो ।
नगरले जिल्लामै पहिलो पटक काठ्माण्डौंको रोवटिक एसोसिएसन नेपालको प्राविधिक सहयोगमा तालिम संचालन गरेको सूर्योदयका नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । एआई इन्जिनियरको सहयोगमा पहिलो चरणको तालिम संचालन गरेको नगरले कर्मचारीलाई पाइथनमा कोडिङ गरी एआई टुल्समा डाटा हेरफेर गर्ने सम्मको प्रशिक्षण दिइएको नगर प्रमुख राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो ‘यसबाट स्थानीय सरकारले दिने सेवामा पारदर्शिता, छिटो–छरितो बनाउन फाइदा हुनेछ ।’नगरपालिकाले कुनै पनि कामलाई सरल तरीकाले र नबुझेका कानून देखि निर्यणलाई सहज बनाउन सबै कानूनलाई व्यवस्थित गर्न समेत यस्को प्रयोग गर्न सकिने जनाएको छ ।
सूर्योदयले यस अघि नै सबै कार्यालय, बिद्यालयमा सीसी क्यामेर, डिजिटल हाजिरी जडान गरीसकेको छ । नगरले यातायतका साधनमा जिपिएस जडान गरेको छ । जसले सवारीको दुरुपयोग हुनबाट जोगाउदै आएको छ । नगरपालिकाले स्थानीय तहको दोस्रो निर्वाचन पछि कार्यपालिका बैडकको डिजिटल डिस्प्लेमा प्रत्यक्ष प्रसारण गर्दै आएको छ । साथै नगरका सार्वजनिक महत्वका बिभिन्न कार्यक्रम समेत प्रत्यक्ष प्रसारण गर्दै आएको नगरका सूचना प्रविधि अधिकृत उज्वल सुवेदीले जानकारी दिनु भयो ।

TOP